नेपाली श्रमिकको सीप विकासमा सघाउन कतारसँग श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतारसँग आग्रह गरेका छन् ।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीसँग मंगलबार भएको भेटवार्तामा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न यस्तो आग्रह गरेका हुन् । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहन्छौं । त्यसैले श्रमिकको सीप विकासमा तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं,’ मन्त्री अर्यालले भने ।

कतारले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि राम्रो अवसर दिएकामा पनि मन्त्री अर्यालले राजदुतमार्फत कतार सरकारलाई धन्यवाद दिए । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनीय छ,’ उनले भने ।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो बाह्य जनशक्ति स्रोत मुलुक भएको बताए । कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको भन्दै उनले नेपाली श्रमिकको सीप विकास लागि कतार सक्दो सहयोग गर्न तयार रहेको बताए । ‘नेपाली श्रमिकको सीप विकासका लािग के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छांै,’ उनले भने ।

सो भेटवर्तामा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक कतारमा ३ लाख ६७ हजार ३ सय ८९ जना नेपाली श्रमिक कार्यरत छन् । जसमध्ये पुरुषको संख्या ३ लाख ५१ हजार ८ सय ३४ जना छ भने महिला श्रमिकको संख्या १५ हजार ५ सय ५५ जना रहेको छ । कतारले आप्रवासी श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेर कामदारलाई सहयोग पु¥याउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटमा कतै गठबन्धन कतै एक्ला एक्लै