नागढुंगाले राखेको नाक

अन्ततः नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सफल भयो । यसलाई अहिले ‘ब्रेक थ्रु’ भनेर चर्चामा ल्याइएको छ । यो नेपालका निर्माणाधीन अवस्थाका राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । यसको निर्माण थालिएको ५३ महिनापछि ‘ब्रेक थ्रु’ भएको हो । खुसीको कुरा हो, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार वारपार गरी छिचोलिएको छ ।

यसको अन्तिम सेसन रोचक र रोमाञ्चक होस् भनेर होला, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरी २ मिटर सुरुङ प्वाल पारिएको थियो । यसको सबै काम सकिन र निमित यातायात सञ्चालन हुन कम्तीमा १ वर्षको ‘फिनिसिङ’ समय लाग्नेछ । तर, आयोजना सफल भयो, यो हर्षको विषय हो ।

४२ महिनामा काम फत्ते गरिसक्ने भनिए पनि केही महिना लम्बियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा उद्घाटन गर्दा जतिको उत्साह अहिले ब्रेक थ्रुले पनि ल्याएको छ । त्यतिबेला टुटीपाखामा सुरुङको शिलान्यास हुँदा यो सिस्नेखोलासम्म कहिले पुग्ला भन्ने लाग्थ्यो । आखिर ५३ महिनामा पुग्यो । यस अवधिमा कोभिडले पनि सताउनु सतायो । त्यसमाथि सरकार र स्थानीय जनताको बीचमा हुने असमझारी र अवरोधले पनि समस्या निम्त्यायो ।

जे होस्, अब सपना साकार भएको छ । यो सुरुङ नियमसम्मत सञ्चालनमा आएपछि नागढुंगाको ‘सवारी जाम’ मा निकै कमी हुनेछ । थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुग्दा केही समय त सपनाझैं लाग्ने पनि छ । यो दूरी छोटो भएको छ । बलम्बुबाट ८ दशमलव ५ किलोमिटर दूरीमा रहेको यो बाटो अब त २ दशमलव ६८ किलोमिटर छोटो भइसकेको छ । अवरोध नभए यात्रा अब मात्र ३ मिनेटको हुनेछ ।

यो सुरुङ खन्दा ‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाइएको थियो । यसमा वैकल्पिक व्यवस्था पनि गरिएको छ । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सातवटा ढोका बनाइएको छ । सुरुङभित्र भवितव्य घटनाबाट बच्न र छिटो निस्कन आपत्कालीन सुरुङ निर्माण भएको छ । हेर्दा आधुनिक र वैकल्पिक पनि छ । अझै पनि सुरुङभित्र लाइटिङ, अक्सिजन पाइप जडान र सडक ढलानको काम बाँकी छ । यसभित्र तीनवटा पुल र ६ वटा कल्भर्ट बनेका छन् । यसमा हलुका सवारीसाधनले मात्र आवतजावत गर्न अनुमति पाउनेछन् ।
सरू धमला, थानकोट, काठमाडौं

तपाइको प्रतिक्रिया
(Visited 88 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज