पत्रकार महासंघ मुगु शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न

मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको सातौं जिल्ला अधिवेशन तथा १३ औं साधारण सभाको अवसरमा जिल्ला स्थित कृयाशिल ३ जना पत्रकार सम्मानित भएका छ्न ।

तीन पत्रकार जना सम्मानित

बुधबार आयोजीत पत्रकार महासंघ मुगु शाखाको सातौं जिल्ला अधिबेशन तथा १३ औं साधरण सभाको उद्घाटन तथा समापन कार्यक्रम संगै लामो समय हिमाली जिल्ला मुगुमा रहि कलम चलाउदै आएका नयाँ पत्रिकाका जिल्ला सम्वाददाता अच्युत राज भण्डारी, न्युज २४ का जिल्ला सम्वाददाता दान बहादुर बुढा र नेपाल समाचार पत्रका वीर बहादुर बमलाई सम्मान गरिएको हो ।

लामो समयदेखि जिल्लामा रहि पत्रकारिता क्षेत्रमा कलम चलाउदै सत्य, तथ्य, निष्पक्ष र खोजमुलक पत्रकारीता गर्दै समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुगाउदै आएका र जिल्ला शाखाको हित हुने काममा सधै सहयोग गरेको भन्दै तिन जनालाई सम्मान गरियको पत्रकार महा संघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

उनले कार्यक्रमलाई समापन गर्दै अझै जिल्लामा रहि समग्र जिल्लाको हित हुने गरि र आवाज बिहिनहरुको आवाज बनेर थप कलम चलाउन उपस्थित सबै संचारकर्मिलाइ सुझाव समेत दिए ।

मल्लले पत्रकारिता एउटा समाजको ऐना भएको र आफुले लामो समय जिल्लामा रहि कलम चलाउदै गर्दाका अनेक अनुभव सुनाउदै नयाँ आउने सदस्यहरूलाई निष्पक्ष, खोजमुलक, पक्षपातरहित र समाजलाई रुपान्तरण गर्ने खालका समाचार सम्प्रेषण गर्न समेत सल्लाह दिए ।

उक्त कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधि बिमल हमालले कविता मार्फत आफ्नो पत्रकारिताको पुरानो अनुभव सेयर गर्दै कुनैबेला समाचार एउटा हुलाकबाट पठाएर जिल्लामा ४/५ जनाले सुरुगरेको पत्रकारिता र आज नेट ईन्टरनेटको नयाँ प्रबिधि सम्म पुग्दा जिल्ला शाखामा ३३ जना सदस्य पुग्दा आफुलाइ खुशी लागेको बताए ।

जिल्ला समन्वय समितिको सभा हलमा आयोजित उक्त समारोहमा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख, छायानाथ रारा नगरपालिकाका प्रमुख, सोरु गाउपालिकाका कार्यबाहक प्रमुख, जिल्ला स्थित विभिन्न राज्नैतिक दलका प्रमुख तथा प्रतिनिधि,निम्ति प्रमुख जिल्ला अधिकारी, तिनै निकायका सुरक्षा प्रमुख, शिक्षक महासंघका प्रमुख , कर्मचारी आधिकारिक ट्रेड युनियन प्रमुख, उधोग बाणिज्य संघ प्रमुख,विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा र पत्रकार महासंघ मुगु शाखामा आवद्ध पदाधिकारी तथा सदस्यहरु अन्य जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत विभिन्न सरोकार वाला निकाय तथा ब्यक्तित्वको उपस्थित रहेको थियो ।

सातौं जिल्ला अधिबेशन तथा १३ औ साधारण सभामा संस्थापक अध्यक्ष विनोद कुमार मल्ल र शाखाका पुर्व अध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट कृयाशिल पत्र्कारिता पुरस्कारको घोषणा गरिएको गरिएको छ । र आउदा दिनहरूमा जिल्लामा कृयाशील पत्रकारहरु मध्यबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको बेला २ जना पत्रकारलाइ पुरस्कृत गरिने समेत बताइएको छ ।

पुरस्कार रकम जुटाउन र पुरस्कृत पत्रकार छनौट गर्न शाखाले कार्यविधी बनाइ कार्य अगाडि बढाउनेछ । संकलित रकमलाई एउटा अक्षयकोष स्थापना गरेर त्यसैमा जम्मा भएको रकमबाट आएको व्याजबाट पत्रकारलाइ पुरस्कृत गरिने र यो कोष कम्तिमा ५ लाखको बनाइने लक्ष मुगु शाखाका लिएको अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जनाए ।

उदघाटन सत्रपछी शुरु भएको शाखाको बन्द सत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गर्नु भएको साङठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेकाे थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !