राजविराज । जिल्लास्तरीय “ए” डिभिजन लिग टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता बुधवार देखि सुरु भएको छ ।
राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले ब्याटिङ्ग तथा वडा अध्यक्ष राम एकवाल यादव र शशी चौधरीले क्रमशः बलिङ्ग र विकेट किपिङ्ग गर्दै उदघाटन गरेका छन ।
सो अवसरमा कार्यवाहक प्रमुख परवीनले खेलकुदको विकासका लागी आफुले साधन श्रोतले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाईन । प्रतियोगितको पहिलो एक पक्षिय खेलमा युथएकेडेमी क्रिकेट क्बल राजविराजले तिलाठी कोईलाडी क्रिकेट टिमलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको तिलाडी कोइलाडी क्रिकेट टिम ५ ओभर मै ३४ रनको झिनो स्कोरमा समेटिएको थियो । जवाफी ब्याटिङ्गमा उत्रेको युथएकेडेमी क्रिकेट क्लब ९ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै विजय लक्ष्य प्राप्त ग¥यो ।
बुधवार नै सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले कंचनरुप क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दैै विजयी थालनी गरेको छ । टस जितेर ब्याटिङ रोजेको कंचनरुप क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।
प्रत्यउत्तरमा १ सय १८ रनको बिजय लक्ष्य लिएर मैदानमा ओर्लेको रुपनी राइडर्सले ४ विकेटको क्षतिमा बिजयी लक्ष्य प्राप्त गरेको थियो ।
क्रिकेट विकास प्रतिष्ठान राजविराजको आयोजनामा संचालित प्रतियोगितमा युथ एकेडेमी, सबल नेपाल, राजदेवी राईजिङ्ग क्बल, रुपनी राईडस, बजाज खडक यङ्ग एलेवन, माँ काली छिन्नमस्ता क्लब, बाईइसी कंचनरुप क्रिकेट क्लब र तिलाठी कोईलाडी क्रिकेट क्लब गरी कुल ९ टिमको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष इन्जिनीयर इन्द्र नारायण देवले जानकारी दिए ।
प्रतियोगिता बैशाख १२ गते सम्म चल्नेछ । यस अघि प्रतिष्ठानका अध्यक्ष इ.देवको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा प्रमुख अतिथी कार्यवाहक नगर प्रमुख परवीन, वडाअध्यक्षद्वय राम एकवाल यादव, शशी चौधरी, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, प्रतिष्ठानका सचिव भोगेन्द्र चौधरी, एम्पायर संघका अध्यक्ष निरज कुमार सिंह, क्रिकेटका प्रशिक्षक धमे्रन्द चौधरी, जिल्ला क्रिकेट संघका सदस्य शम्भू दास लगायतले शुभकामना दिएका थिए ।






