कपिलवस्तुमा खुला दिसा गर्ने भारतीय नागरिकसहित १६ जना प्रहरी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने भारतीय नागरिक सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाले बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी सहितको अनुगमन टोली विहान ५ बजेदेखि गाउँपालिकाका विभिन्न वडामा छाड्ने अनुगमन गरेको थियो । गाउँपालिका र इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी सहितको अनुगमन टोली देखेपछि खुला दिसा गर्ने समूहको भागाभाग भएको थियो ।

प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताउनुभयो ।पक्राउ पर्नेमा स्थानीय सहित ३ भारतीय नागरिक समेत रहेका छन । उनीहरू पाहुना बन्न विजयनगर आएका थिए । नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाइएको बताइएको छ  ।

हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु