तेस्रो ग्रामीण चलचित्र महोत्सव सम्पन्न

काठमाडौं । तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०२४ विभिन्न विधामा अवार्ड प्रदान गर्दै शनिबार बेलुका सम्पन्न भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा यो महोत्सव बिहीबारबाट शनिबारसम्म तीन दिन आयोजना गरिएको थियो । महोत्सवमा लामा र छोटा गरेर २२ वटा प्रतियोगी चलचित्र, वृत्तचित्र एवं एउटा अप्रतियोगी चलचित्र प्रदर्शन गरियो ।

यो महोत्सव स्थानीय गौरीशंकर माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो । रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्की र पूर्वचलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले महोत्सवको संयुक्त रूपमा उद्घाटन गरेको यो महोत्सव शनिबार १६ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको हो ।

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित एवं निर्मित चलचित्र सतीदेवीले उत्कृष्ट कथानक चलचित्रको अवार्ड जित्यो । यस्तै, सत्यराज चौलागाईंले चलचित्र विच्छेदबाट जुरी मेन्सन अवार्ड हासिल गरे । सुवेदीले सतिदेवीबाट उत्कृष्ट स्क्रिन प्लेको अवार्ड पनि हासिल गरे ।

कार्यक्रममा फिचर चलचित्रतर्फ उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दिमाग खराबबाट निश्चल बस्नेतले प्राप्त गरे । उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र नांगो गाउँबाट दयाहाङ राईले र उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र दिमाग खराबबाट स्वस्तिमा खड्काले हासिल गरिन् । यस्तै, अभिनेत्रीको जुरी मेन्सन अवार्ड चलचित्र सतिदेवीबाट मलिका महतले प्राप्त गरिन् ।

यस्तै लघु चलचित्रतर्फ म्युजिकल सर्ट फिल्मको अवार्ड अन्तै मायाबाट रणधीर श्रेष्ठले, सर्ट फिल्म जुरी मेन्सन अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवालीले, उत्कृष्ट सर्ट फिल्मको अवार्ड मदरबाट परिच्छेद सेनले र उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड द आइरन डिगरबाट अनिल बुढा मगरले हासिल गरे ।

यस्तै, यो महोत्सवमा उत्कृष्ट सम्पादकको अवार्ड नांगो गाउँ चलचित्रबाट बनिश शाहले, उत्कृष्ट छायाकारको अवार्ड चलचित्र विच्छेदबाट संकल्प भुलेजले, उत्कृष्ट रंग संयोजनको अवार्ड राजेन्द्र मोक्तानले र उत्कृष्ट सांस्कृतिक चलचित्रको अवार्ड मगर भाषाको चलचित्र माराङबाट बुद्दिया एस मगरले जिते ।

कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्की, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाललगायतले सो अवार्ड प्रदान गरे । अवार्डमा दयारामसहित सञ्चारकर्मी, गणेश पाण्डे, कुवेर गिरी, सम्पादक भरत रेग्मीलगायत यो महोत्सवमा निर्णायक थिए ।

कार्यक्रममा बोल्दै निर्देशक दयाराम दाहालले काठमाडौंबाट नजिकै रहेको रामेछाप जिल्लामा चलचित्रको छायांकन गर्ने खालका धेरै ठाउँ आफूले यात्रा क्रममा देखेकाले यसलाई चलचित्र छायांकन स्थल बनाउनुपर्ने बताए ।

कार्यक्रममा अभिनेता मुकुल भुषाल, महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर, रामेछाप नगरपालिका–८ का वडाअध्यक्ष सन्तोषकुमार तामाङलगायतले यस्ता महोत्सवले नेपाली चलचित्रको बजार विस्तार गर्ने भनाइ सो कार्यक्रममा राखे ।

अवार्डको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले ग्रामीण क्षेत्रसम्म नेपाली लचचित्रलाई पु¥याउन तीन वर्षअघिबाट गोर्खाको लार्पाकदेखि यो महोत्सव सुरु गरेको बताए ।

महोत्सवमा चलचित्र दिमाग खराब, नांगो गाउँ, बुलाकी, विच्छेद, सतीदेवी र डेसान प्रदर्शन गरिएको थियो । यस्तै महोत्सवमा छानिएका सबै लघु चलचित्र र वृत्तचित्र पनि प्रदर्शन गरियो । महोत्सवमा सिनेमा प्रदर्शनका अलावा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र, चलचित्र र स्थानीय सरकार विषय सिनेमा संवाद कार्यक्रम पनि गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा