रौतहटका अस्पतालमा रेबिजबिरुद्धको खोप अभाब

रौतहट । रौतहटका अस्पतालहरुमा प्राण घातक रेबिजबिरुद्धको खोपको अभाब भएको छ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेबिज बिरुद्धको खोप नपठाउँदा यहाका अस्पतालमा उक्त खोपको अभाब भएको हो ।

रौतहटको चन्द्रनिगाहपुर अस्पताल, गौर अस्पताल र कटहरिया अस्पतालमा रेबिज बिरुद्धको खोप दिइने गरेको छ । अहिले केही दिनयता प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेबिज बिरुद्धको खोप पठाउन बन्द गरेको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले रेबिजको खोप नपठाएपछि चन्द्रपुर नगरपालिका आफैले औषधी किनेर चन्द्रनिगाहपुर अस्पतालमा आएका बिरामीहरुलाइ खोप लगाइरहेको छ ।

हिजोआज रेबिजका बिरामीहरु बढिरहेको अबस्थामा प्रदेश सरकारले औषधी नपठाउदा नगरपालिका आफैले औषधी किनेर बिरामीहरुको उपचार गरिरहेको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरिक्षक मातृका चालिसेले जानकारी दिए । तत्कालै चन्द्रपुर नगरपालिकाले चन्द्रनिगाहपुर अस्पातलको लागी १ सय ५० भाइल औषधी खरिद गरेर सेवा दिइरहेको निरिक्षक चालिसेले बताए । साउन यता चन्द्रपुर नगरपालिकाले २ पटक औषधी किनेर रेबिजका बिरामीको उपचार गरिरहेको उनले बताए ।

हिजोआज दैनिक ५ देखि ७ जना रेबिजको बिरामी आउने गरेको चन्द्रनिगाहपुर अस्पातलका खोप शाखाका सिनियर अहेब गुणराज घिमिरेले जानकारी दिएका छन । सिनियर अहेब घिमिरेले रेबिज बिरुद्धको औषधी सहज बनाउन आग्रह गरेका छन । दिनप्रदिन रेबिजका बिरामीहरुको चाप बढेको उनले जानकारी दिएका छन ।

अहिले चन्द्रनिगाहपुर अस्पतालमा जिल्लाभरीका रेबिजका बिरामीहरु आउने गरेको उनले जानकारी दिए ।

साउन यता मात्रै चन्द्रनिगाहपुर अस्पतालबाट एक हजार भन्दा बढी रेबिजका बिरामीहरुको उपचार भएको अस्पतालको तथ्याङकमा छ । यसमा अझ बेला बेलामा औषधी नभएको बखत बिरामीहरु निजि अस्पातलामा समेत जानेगरेको पाइएको छ ।

चैत्र महिनामा मात्रै १ सय ६७ जना बिरामीले चन्द्रनिगाहपुर अस्पातलबाट रेबिज बिरुद्धको खोप लगाएको अस्पातालको तथ्याङकले देखाएको छ ।

रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज भाइरस सर्ने सोही अस्पातलका एचए कुल प्रसाद तिमलसिनाले जानकारी दिएका छन । कुकुर, स्याल, चमेरो, बिरालोलगायतका जनाबरहरुको टोक्ने बितिकै खोप लगाउने उनले आग्रह गरेका छन ।

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने र त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिने उनले जानकारी दिए । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ त्यसबाट अरू मानिसमा पनि सर्न सक्ने हुदा सचेत हुनुपर्ने तिमलसिनाको भनाइ छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने, रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न हुने र रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्ने उनले बताए ।

रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको छ । सरकारको लक्ष्य पुरा गर्न हरेक अस्पातालमा सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउनुपर्ने जस्ता कार्य गर्न अपरिहार्य रहेको उपभोक्ता हित संरक्षण मंचका रौतहट अध्यक्ष टिका घिमिरेले बताए ।

अध्यक्ष घिमिरेले हरेक अस्पातलमा खोपको ब्यबस्था तुरुन्त गर्न प्रदेश सरकारलाइ आग्रह समेत गरेका छन । उक्त खोप प्रदेश सरकारले उपलब्ध गराएमा ३ डोजको ३ सय रुपैया, स्थानीय सरकारले उपलब्ध गराएकोमा ३ डोजको ६ सय रुपैया र बाहिर निजी अस्पताल तथा क्लिनिकमा उपचार गरे ३ डोजको २ हजार १ सय सम्म लाग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)