पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

राजविराज । पशुपंक्षीको हेरचार, खुवाउने देखि चराउने र स्वस्थ राखी उत्पादन बढाउने ’bout सचेतना पैmलाउने उदेश्यले शनीवार यहा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

विश्व भेटेरीनरी दिवसको अवसर पारेर भेटेरीनरी अस्ताल तथा पशु सेवा विकास केन्द्र सप्तरीको आयोजनामा सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विकास केन्द्र कार्यालय परिसरबाट सूरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनःकार्यालयमा आएर प्रवचन कार्यक्रममा परिणत भएको थियो । पशुपंक्षीलाई स्वस्थ्य राखौं, मानव समुदायलाई शुद्ध पोषणयुक्त उत्पादन दिऊँ,पशुपंक्षीलाई स्वस्थ्य राखौं, उत्पादन बढाऔं, स्वच्छ उत्पादन गरी मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाऔं, पशुपंक्षीको रक्षा, पशुपालकको सुरक्षा लगायतका नाराबाजी गर्दै सहभागीहरु बजारको मुख्य भागको परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात आयोजित कार्यक्रममा केन्द्रका प्रमुख डा.राम पवित्र दास, पशु विकास अधिकृत सूर्यनारायण शर्मा लगायतले पशुपंक्षीको प्रबद्धनले मानवले पोषणयुक्त आहारा पाउनुका साथै स्वरोजगारको अवस्था समेत सिर्जना हुने बताए ।

उनीहरुले पशुपंक्षीको उत्पादकत्व बढाई जनसमुदायलाई शुद्ध र पोषणयुक्त आहारा उपलब्ध गराउनुका साथै पशुपालकलाइ यसको हेरचार र कम लगातमा बढी आय आर्जन गर्ने प्रविधी’bout पनि आवश्यक ज्ञान दिने गरिएको बताए ।

जिल्लालाई पशुपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न तथा पशुपालकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम संचालन गरिएको सो अवसरमा केन्द्रले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !