एमाले पर्साको नेतृत्वमा डाक्टर शर्मा निर्वाचित

वीरगन्ज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले पर्साको नेतृत्वमा डा. विश्वम्भर शर्मा निर्विरोध निर्वाचित भएका छन् । गएको बैशाख १७ गते सोमबारबाट सुरु भएको एमाले पर्साको ९ औं जिल्ला अधिवेशनबाट पर्साका बौद्धिक व्यक्तित्व मध्ये डा.शर्मा सर्वसम्मत एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनको नेतृत्वमा रहने सिंगो पदाधिकारीको टिम भने बिहिबार बैशाख २० गतेसम्म निक्र्योल भइसकेको छैन । अन्य पदाधिकारी र वीरगन्ज महानगरपालिका लगायतका केही पालिका सहित केही क्लष्टर तर्फका सदस्यहरुको हकमा भने शुक्रबार बिहान निर्वाचन गरी अन्तिम टुंगोमा पुग्ने प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए ।

एक सय ३७ सदस्य जिल्ला कार्यसमिति भएको एमालेको नेतृत्वमा डाक्टर भइसकेका व्यक्तित्व निर्वाचित भएको पहिलो पटक भएको पर्सा एमालेका निर्वाचन प्रतिनिधिहरुको भनाइ छ । योभन्दा अगाडी संयोजक रहेका निर्वाचित अध्यक्षमा डा शर्मासँग प्रतिस्पर्धा गर्न एमाले पर्साका नेता तथा संविधान सभा सदस्य जयप्रकाश थारु अन्तिम समयसम्म कसरथ गरिरहेका थिए । तथापि सहमतिको प्रयासमा जुटेका सिनियर नेताहरुको पहलमा उनी पछाडी हटेपछि एमाले पर्साको नेतृत्वको ताज डा. शर्माको शिरमा सजिएको हो ।

अध्यक्षमा डा.शर्माको टिममा पदाधिकारीहरु तर्फ एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव उपसचिव रहेन एमालेको विधानमा उल्लेख छ । निर्विरोध चयन हुन नसकेका बाँकी पदहरु मध्ये उपाध्यक्षमा मनोज गुप्ता र लालबाबु शेख प्रतिस्पर्धी हुने भएका छन् । त्यसै गरी सचिव पदमा महेस दास र नवराज शर्मा तथा उपसचिव (खुल्ला) मा रामिकिशोर सिंह पराग, नविजान मियाँ अन्सारी र इमरान हुसेन प्रतिस्पर्धी देखिएको निर्वाचिन समितिले सार्वजनिक गरेको अन्तिम उमेद्वारहरुको नावावलीमा उल्लेख गरिएको छ । उपसचिव (महिला) तर्फ पनि सीतादेवी लामा र गीता भण्डारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत ढकालले बताए । जिल्लाका १४ वटा पालिकामध्ये वीरगन्ज महानगरपालिकासहित केहि पालिकाका सदस्य पदकालागि पनि शुक्रबार मतदान हुने ढकालको भनाइ छ ।

यता जिल्ला कार्य समितिको कामको लेखाजोखा गरी ठिक ठाउँमा ल्याउन सकृय हुने लेखा समितिको उपाध्यक्षमा पनि स्थानीय पत्रकार समेत रहेका गोविन्द प्रताप श्रेष्ठ निर्वारोध निर्वाचित भएका छन् । लेखा समितिको अध्यक्षमा भने सन्तोष कुमार सिंह र शीवजी गुप्ताको उम्मेदवारी परेकाले उक्त पदका लागि पनि निर्वाचनले नै टुंगो लगाउने अवस्था देखिएको निर्वाचिन समितिले जनाएको छ । एमालेको ९ औं जिल्ला अधिवेशन गत सोमबारदेखि सुरु भएको थियो । सोमबार उद्घाटन सम्पन्न भएपश्चात सुरु भएको बन्दसत्र पछि नयाँ कार्य समिति निर्वाचनका लागि विभिन्न प्रकृया अपनाइरहिएको छ । निर्वाचन गर्नै नपरोस् भनी अगुवा नेताहरुले सर्वसम्मतका लागि निरन्तर प्रयास जारी राखेका छन् ।

उपाध्यक्षसहित बाँकी चार पद र सदस्य पदका लागि आवश्यक संख्याभन्दा बढि व्यक्तिको दाबेदारी रहेपछि ती पदका लागि शुक्रबार मतदान गरेरै टुंगो लगाउने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत ढकालले बताए । शुक्रबार हुने मतदानमा ५ सय ८४ जना मतदाता सहभागी हुने ढकालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी