दैलेख जलवायुको उच्च जोखिममा

दैलेख । नागरिक समाजले जलवायु परिवर्तनले पारिरहेको असरप्रति चिन्ता व्यक्त गरेका छन्।उत्थानशील समाबेशी खानेपानी, स्वच्छता तथा सरसफाई प्रणाली संस्थाले दैलेखमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्लाको आठविस नगरपालिका र दुल्लु नगरपालिका जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले त्यो असर कसरी घटाउन सकिन्छ भनेर जोड दिएका छन्।

दैलेखमा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाको दुई वटा स्थानीय तह जलवायु परिवर्तनको उच्च जोखिममा रहेका पाइएको छ । एक वर्षको अवधिमा गरेको अनुसन्धानले जिल्लाका दुई वटा स्थानीय तह जलवायु परिवर्तनको उच्च जोखिममा रहेको अनुसन्धान कर्ता सन्तोष नेपालले जानकारी दिए ।उनले एक वर्षको अवधिमा गरेको अध्ययनले दैलेखमा संस्थागत सहयोग धेरै ठाउँमा नपुगेको पाइएको गुनासो गरे ।

उनका अनुसार जिल्लामा जलवायु परिवर्तनले तापक्रमको मात्रा निकै बढ्ने अनुमान गरिएको छ । संस्थाले गरेको अध्ययनले जिल्लाका अन्य स्थानीय तह मध्ये महाबु गाउँपालिका प्रकोपका हिसाबले उच्च जोखिममा रहेको उनको भनाई छ।उनले जलवायु परिवर्तनका कारण खानेपानी लगायतका क्षेत्रमा परेको प्रभावलाई कम गर्नु सबैको भुमिका महत्वपुर्ण हुनपर्ने बताए ।

अन्तराष्ट्रिय जल व्यवस्थापन संस्था र एभरेस्ट क्लब दैलेखको साझेदारीमा दैलेखमा एक वर्षको अवधिमा जलवायु परिवर्तनका कारण खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्र परेको प्रभावका वारेका अध्ययन गरिएको उनले जानकारी दिए ।

एभरेष्ट क्लब दैलेखका कार्यकारी निर्देशक दिपक शाहीले दैलेख जिल्लामा संस्थाले थुप्रै काम गरेको बताए । उनले पछिल्लो समयमा जिल्लामा वन डढेलोले धेरै प्रभाव पारेको उनले जानकारी दिए । नेपालमा पछिल्लो वर्षहरूमा बढ्दै गएको जलवायु परिवर्तनको असरले नागरिक स्तरमा प्रभाव पार्दै गएकाले यसको जोखिम कम गर्न परियोजनाले काम गर्ने बताए । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाले थालेको अभियानमा सबैले हातेमालो गर्नुपर्ने उनको भनाई छ ।

उनका अनुसार गाउँमा१३ प्रतिशत मात्र सुरक्षित पिउने पानीको पहुँचमा रहेका बताए । नेपालमा खानेपानी स्वच्छता तथा सरसफाइ सम्बन्धी काममा महिलाको भूमिका बढी हुने रहेकाले समावेशीताका विषयमा काम गर्ने संस्थाको उद्देश्य रहेको जनाइएको छ ।

जलवायु परिवर्तनले खानेपानीको क्षेत्रमा प्रभाव पार्दै गएकाले सरोकारवाला निकायले जलवायु उत्थानशील र समावेशी खानेपानी प्रणाली बनाउन पहलसँगै लगानी बढाउन जरुरत रहेको अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले जनाएको छ।

जलवायु परिवर्तनका कारण कृषि उत्पादकत्वमा ह्रास, सडक पूर्वाधारमा क्षति र सुक्खा याममा ऊर्जा आयातमा उच्च वृद्धि हुँदा नेपाली अर्थतन्त्र प्रभावित भएको प्रतिवेदनले औंल्याएको छ।जलवायु परिवर्तनमा तिव्रता आउँदै गर्दा यी प्रकोपका घटनामा वृद्धि हुने आकलन अध्ययनले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित