युरो प्ले अफ अक्टोबरमा गर्ने तयारी

युरोपियन फुटबलको सर्वाच्च निकाय (यूईएफए)ले आउँदो अक्टोवर र नोभेम्बरमा युरोकप–२०२० को प्ले अफका खेलहरू ‘क्लोज डोर’मा सञ्चालन गर्न सकिने बताएका छन् ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सेप्टेम्बरसम्ममा अन्तर्राष्ट्रिय फुटबल फर्काउने योजना बनाइरहेका र यूईएफएले अक्टोबर र नोभेम्बरमा प्ले अफका खेलहरू सञ्चालन गर्न सकिने योजना अघि सारेका हुन् । कोरोना भाइरस (कोभिड–१९)का जुन र जुलाईलाई तय भएको युरोकपसँगै कोपा र अमेरिका कप र टोकियो ओलम्पिक अर्काे वर्षसम्मका लागि स्थगित भइसकेको छ ।

युरोकपमा १६ राष्ट्रले ४ स्थानका लागि प्ले अफ खेल्दै छ । २० राष्ट्र युरोकपका लागि छनोट भइसकेका छन् । युरोकपमा यसपटक २४ राष्ट्रले सहभागिता जनाउनेछन् । यसपटकको युरोकप युरोपको १२ राष्ट्रको १२ सहरमा आयोजना हुने तय थियो । यूईएफएले अर्काे वर्ष जुन र जुलाई नै सम्भावित मिति रहेको युरोकप १२ राष्ट्रको १२ सहरमै आयोजना गर्ने बताइसकेका छन् ।

प्ले अफ सेमिफाइनलको पहिलो अफमा आइसल्यान्ड र रोमानिया तथा बुल्गेरिया र हंगेरीले खेल्नेछन् । यस्तै, बोस्निया एन्ड हर्ज गोभिना र नर्दन आयरल्यान्ड तथा स्लोभाकिया र रिपब्लिक अफ आयरल्यान्ड, स्कटल्यान्ड र इजरायल तथा नर्वे र सर्बिया, जर्जिया र बेलारुस तथा नर्थ म्यासेडोनिया र कोसोभोले खेल्नेछन् । यसपछि फाइनल प्ले अफमा बुल्गेरिया र हंगेरीको विजेताले आइसल्यान्डको विजेतासँग खेल्नेछ । यस्तै, बोस्निया हर्ज गोभिना र नर्दन आयरल्यान्डको विजेताले स्लोभाकिया र रिपब्लिक अफ आयरल्यान्डसँग, नर्वे र सर्बियाको विजेताले स्कटल्यान्ड र इजरायलको विजेतासँग तथा जर्जिया र बेलारुसको विजेताले नर्थ म्यासेडोनिया र कोसोभोबीचको विजेतासँग खेल्नेछ । चार पाथको विजेता टोलीले युरोकपमा स्थान बनाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना