उत्कृष्ठ विद्यालय हुन सफल शारदालाई नगदसहित सम्मान

धनगढी । धनगढी नगरक्षेत्रभित्र ६८ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धनगढी उपमहानगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको छ ।

चालु शैक्षिक वर्षबाट धनगढी उपमहानगरले हरेक महिना कार्य मूल्यांकनका आधारमा एउटा सामुदायिक विद्यालयलाई उत्कृष्ठ विद्यालय घोषणा गरी नगदसहित सम्मान गर्ने कार्यक्रम ल्यायो । त्यसैका आधारमा उपमहानगरपालिकाले वैशाख महिनामा उत्कृष्ठ हुन सफल सामुदायिक विद्यालय घोषणा गरेको छ ।

शुक्रबार उपमहानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण एवम् उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रम गरियो । कार्यक्रममा उमहानगरपालिकाका कूल ६८ सामुदायिक विद्यालयमध्ये ३० वटा विद्यालय गरेको प्रस्तुतीरकणको मूल्यांकन गरिएको थियो ।
ती ३० वटा विद्यालयको प्रस्तुतीकरणका आधारमा धनगढीको वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालय, बैयाबेहडीलाई उत्कृष्ठ विद्यालय हुन सफल भयो । उक्त विद्यालयलाई धनगढी नगर प्रमुख गोपाल हमालले नगद १५ हजार र सम्मान पत्रसहित सम्मान गरे ।

धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने उद्देश्यले २०८० चैत्र ८ गते सबै सामुदायिक विद्यालयहरुसँग कार्यसम्पादन सम्झौंता गरेको थियो ।

सोही सम्झौंता बमोजिम विभिन्न ७२ वटा सूचकहरुको कार्यान्वयनको सन्दर्भमा भए गरेका मासिक कार्यहरुको सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको प्रस्तुतीकरणका आधारमा शारदा मावि उत्कृष्ठ विद्यालय हुन सफल भएको धनगढीका निमित्त प्रमुख प्रशाकीय अधिकृत नरेन्दबहादुर खातीले बताए ।

कार्यक्रममा उत्कृष्ठ विद्यालय हुन सफल भएको शारदा माविका प्रधानाध्यापक तेजबहादुर सिंहले उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रमले सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि सकारात्मक प्रतिस्पर्धा गर्न, विद्यालयका असल अभ्यासहरुबाट आदान प्रदान गर्न र विद्यालयलाई थप हौसला प्रदान गर्न मद्दत गर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख हमालले विद्यालयको शैक्षिक सुधार शिक्षकबाटै सम्भव हुने भएको र त्यो धनगढीका शिक्षकले प्रमाणित गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 921 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित