दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, खच्चे गैराका ५५ वर्षीय मानबहादुर रावल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । उनका अनुसार ट्याक्टरमा सवार ६ जना घाइते भएका छन् ।
आइतबार करिब ४ः३० बजेतिर दुल्लु नगरपालिका–६, धाडाको जंगलस्थित भित्री सडकखण्डमा भे१त८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

ट्याक्टरमा लोड धेरै भएको र पोलहरु हल्लिन गई ट्याक्टर दुर्घटना भएको प्रहरीले प्रमुख दाहालले राजधानीलाई जानकारी दिए ।दुर्घटनामा चालक, सहचालक गरी ६ जना घाइते भएका छन् । घाइतेहुनेहरु दुल्लु नगरपालिका–६, का ५६ वर्षीय कमारो रावल,४८ वर्षीय दानबहादुर रावल, ३१ वर्षीय ललित खड्का रहेका छन् । घाइने तिन जनाको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । अन्य ३जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी