हिमाली विविधता

विश्वको सबैभन्दा अग्लो र सबैभन्दा कान्छो शृंखला हिमालय शृंखला नेपालमा पर्छ । इन्डो–अस्ट्रेलियन टेक्टोनिक प्लेट र युरोसियन टेक्टोनिक प्लेटका बीचमा नेपाल छ । खण्डखण्डमा ससाना लगभग प्रदेशसरहका चट्टानी आधारहरू यसका भौगर्भिक बेसप्लेट हुन् । यी प्लेट भारतीय तथा तिब्बतीय प्लेटको पिसाइमा परेका छन् । यही कारणले हिमाल प्रतिवर्ष २ मिलिमिटर माथि उठ्ने गरेको विश्वास गरिन्छ ।

नेपाल पहिले टेथिस सागर थियो । टेथिस सागर रहँदा भारत एसियासँग टाढा र अफ्रिकासँग नजिक रहेको थियो । नेपाल ठाडो र भिरालो जमिन छ । सिंगो हिमालयमुनि अधिकतम समशितोष्ण हावापानी छ । हिमालयको अद्वितीय सौन्दर्य रहेको छ । हिमालमुनि रहेका कोणधारी, पतझड र तराईका सदाबहार वनस्पतिले मन नै लोभ्याउने गरेको छ ।

यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा छ । यो विश्वको भौगोलिक धुरी हो । यसले ‘आकाशमा छोएको टाउको’ भन्ने अर्थ दिन्छ । हिमालय हिन्दू परम्परा र संस्कृतिनुसार आफैंमा भगवान् हो । यसलाई गिरिराज भनेर पुकारिन्छ । गिरिराज भनेको आफैंमा भगवान्को नाम हो । वेद, पुराण तथा रामायणदेखि महाभारतसम्मका ग्रन्थहरूमा हिमालयको बयान कतै पनि छुटेको छैन ।

विश्वमा पाइने विविधता हिमालयको वरिपरि पाइएको छ । यो आफैंमा आश्चर्यलाग्दो छ । उत्तरी तथा दक्षिणी गोलाद्र्धमा मात्र पाइने हिमचितुवा हिमालय वा नेपालमा पाइने गरेको छ । हिमालयका चुचुरामा रहेको हिउँ कहिल्यै पनि पग्लँदैन भन्ने विश्वास गरिन्छ । बरु यो हिउँ पहिरो तथा हिमनदीका रूपमा बग्छ भन्ने किंवदन्ती पनि र साँचो कुरा पनि हो । तर, अहिले आएर विश्व तापमानका कारणले हिउँ पग्लन थालेको भन्ने कुरा साँचो हो । यसले विश्वलाई प्रेरणा दिने काम गरिरहेको छ । यहाँ विविध अन्वेषणका कुरा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?