काठमाडौं । हास्यप्रधान रियालिटी शोको सँख्या नेपालमा मौलाईरहेको छ । यसै क्रममा कमेडी शो ’कमेडी दरबार’ सुरु हुने भएको छ । काठमाडौंमा आईतबार पत्रकार भेटघाट आयोजान गर्दै यो शो’bout जानकारी गराईयो । आगामी १४ असारबाट प्राईम टिभीमा यो शो प्रशारणमा आउने निर्देशकद्धय बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले जानकारी गराए । यो शो प्राइभ टाइम टेलिभिजनसँगै ओएसआर डिजिटलमा हरेक शुक्रबार बेलुका रिलिज हुने पनि उनीहरुले जानकारी गराए ।
पत्रकार भेटघाट कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषी धमला लगायतले यो हास्यप्रधान कार्यक्रम केही फरक हुने विश्वास व्यक्त गरे ।
बिगतमा हास्य प्रधान कार्यक्रममा प्रस्तुत हुँदै आएका बिक्कीले शोको निर्देशन मात्र गर्ने बताए,’म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडी नै बसेर काम गर्न अझ मज्जा आउँछ । त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोंचमा छु ।’ उनले भने ।
कमेडी दरबारकी शिर्ष कलाकार गौरी मल्ल यसमा महारानीको भूमिकामा देखिदैछिन् । उनले कमेडीको क्षेत्रमा नयाँ सोंच भएका युवाहरुसँग काम गर्न पाउँदा खुसी लागेको र दर्शकले फरक स्वाद पाउने जिकिर गरिन् । यस्तै अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबि)सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले यो शोमा आफ्नो कला प्रस्तुत गर्ने पनि पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो ।






