संसदीय छानबिन समितिको विषयले संसद् बन्यो बन्धक

काठमाडौं । सहकारीको बचत रकम अनियमितता प्रकरणका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने नेपाली कांग्रेसको मागका विषयमा सहमति नजुट्दा संसद्को कार्यसूची अन्योल बनेको छ ।

सहकारीको बचत अनियमितता प्रकरण

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग बटमलाइन बनाएपछि सत्तारूढ दलभित्रको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यसमा सहमत नबन्दा संसद् बन्धकजस्तो बनेको छ । संसदीय छानबिन समिति बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक छन्, तर एमाले अध्यक्ष ओली भने गृहमन्त्रीलाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा उभिएका छन् ।

छानबिन समितिको विषयलाई लिएर सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भए पनि निष्कर्ष निस्कन सकेन । संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहे पनि एमाले अध्यक्ष ओली भने त्यसमा सहमत हुन सकेका देखिँदैनन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली जसरी पनि रास्वपाका सभापति रवि लामिछानेलाई बचाउनुपर्छ भन्ने लाइनमा देखिएपछि सहमत हुन नसकेको सत्तारूढ दलका एक नेताले बताए । लामिछानेलाई अघि सारेर राजनीतिक जालसाझी गरिरहेका एमाले अध्यक्ष ओली संसदीय छानबिन समिति बनाउन तयार नभएको सत्तारूढ दलनिकट एक नेताले राजधानीसँग बताए ।

‘गृहमन्त्री लामिछानेमाथि प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भनेर हामी सकारात्मक भयौं, तर ओलीजीहरू जसरी पनि गृहमन्त्री बचाउनेतिर लाग्नुभयो,’ ती नेताले राजधानीसँग भने, ‘एमाले अध्यक्ष ओली सकारात्मक नभएसम्म छानबिन समिति बन्ने सम्भावना देखिँदैन ।’

एमाले अध्यक्ष ओली गृहमन्त्रीको बचाउमा लाग्दा संसदीय छानबिन बन्न सकेन

यता, नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने समय आइरहँदा सहकारी प्रकरणका कारण अवरुद्ध हुने संकेत देखेपछि सभामुख देवराज घिमिरेले राजनीतिक दलका शीर्ष नेतासँग संवाद थालेका छन् । नीति तथा कार्यक्रमको तयारी’bout सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग टेलिफोन गरेका थिए ।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरे । राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कूटनीतिज्ञहरूलाई आमन्त्रण गरिसकेकालेसौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न नेपाली कांग्रेससँग अपिल गरेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने जवाफ दिएका छन् । सरकारले छानबिन समिति बनाउने अवस्था आए आउँदा बैठक स्वतः सुचारू हुने उनको भनाइ थियो ।

गृहमन्त्री भन्छन्– आफूले संसद्मा बोल्न पाउनुपर्छ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोप’bout संसद्मा बोल्न पाउनुपर्ने बताएका छन् । उनले त्यसपछि मात्र संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने बताए ।

सहकारीको बचत अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नता’bout छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज (१ जेठ)को प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्ने बताएका छन् । रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री लामिछानेले अगाडि भने, ‘एकपटक जवाफ दिन पाउनुपर्छ, त्यसपछि अरू कुरा गर्न सकिन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ