भक्तराज आचार्यको सम्झनामा आचार्य पुन रिलिज हुँदै

काठमाडौं । गत फागुनमा निधन भएका गायक भजन शिरोमणि भक्तराज आचार्यको स्मृतिमा चलचित्र ‘आचार्य’लाई फेरी रिलिज गरिने भएको छ । यो चलचित्र १३ वर्ष अघि निर्माण भएर प्रदर्शनमा आएको थियो । यो चलचित्र प्रदर्शन गर्न लागिएको शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको यो चलचित्रमा सत्यराज आचार्य, सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको अभिनय छ ।यो चलचित्र गायक भक्तराज आचार्यको जीवनीमा आधारित छ ।

चलचित्रमा यसपटक भक्तराजको श्रद्धाञ्जली, दाहसँस्कार लगायतका केही दृष्यहरु थपिने भएको छ । यसलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । आगामी ७ असारमा नेपालमा यसलाई ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमाले प्रदर्शन गर्नेछ ।

भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप यो चलचित्र पुनः रिलिज गर्न लागेको छोरा स्वरुप राज आचार्यले कार्यक्रममा बताए,‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुन रिलि जगर्न लागिएका हो’, उनले भने । यसलाई आगामी ५ मा प्रिमियर गरेर ७ असालबाट रिलिज गर्ने पनि उनले बताए । नयाँ चलचित्र जस्तै यसको पनि अर्को साता ट्रेलर रिलिज गर्ने योजना उनले सुनाए ।

सत्यराजले यो चलचित्रमा गायक भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रका निर्माता पनि सत्यराज हुन्,‘पहिलो पटक यो चलिचत्र रिलिज हुँदा धेरैले हेर्न पाउनु भएको थिएन भने अब पुनः रिलिज गर्दा यसलाई धेरैले हेर्नु हुने हाम्रो विश्वास छ । यो यो बुबाप्रति ट्रिब्युट पनि हो ।’ सत्यराजले भने ।

यो चलचित्रमा गायक आचार्यको जीवनका विभिन्न आरोह अवरोह समेटिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएपछि भक्तराजले जीवनमा गाउन सकेनन् । त्यो घटनालाई पनि यो चलचित्रमा समेटिएको छ ।

शनिबारको पत्रकार भेटघाट कार्यक्रममा भक्तराजका अर्का छोरा एवम् गायक स्वरुपराज आचार्यले नेपाली संगीतमा बुबाको योगदानको चर्चा गरे । यस्तै संगीतकार लक्षण शेष, चेतन सापकोटा, बसन्त सापकोटालगायतले पनि भजन शिरोमणिको नेपाली संगीतमा सांगीतिक देन’bout प्रकाश पारे । सत्यराज आचार्यले निर्माण गरेको यो चलचित्रको अर्का निर्माता निर्माता रोशन राई हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता