चट्याङ लागेर सभापोखरीमा ७२ भेडा मरे

बिराटनगर । चट्याङ लागेर ७२ भेडा मरेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ५ फाकुवा स्थित चेरुङ्बा भन्ने खर्कमा चट्याङ पर्दा एकै गोठका ७२ वटा भेडा मरेको अवस्थामा भेटिएको हो । सोम बहादुर लिम्बुको गोठमा रहेका ४ सय भेडाहरु मध्येबाट एक समुहमा रहेका सबै भेडा चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

१८ लाख बराबरको क्षति

रातको समयमा हावाहुरीसँगै असिना परेपछि रुखको फेदमा जम्मा भएका ७२ वटा भेडाहरु सबै एकैठाउँ मरेको भेटियो । रुखमा चट्याङ परेको र त्यहाँ रहेका भेडाहरु सबै मरेको हो । ७२ वटा भेडा मर्दा १८ लाख बराबरको क्षति भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रसमेत समेटियो