नेकपा उदयपुरका जिल्ला अध्यक्ष रामकुमार आजपामा प्रवेश

काठमाडौं । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा केन्द्रीय सदस्य चौधरीले आजपामा प्रवेश गरेका हुन् । चौधरीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने लहर चलेको सापकोटाले जनाएका छन् । आजपा प्रवेश गरेका चौधरीले प्रभु साह नेतृत्वको पार्टीको नीति, विचार तथा कार्यक्रम मुलुकको परिवर्तनका लागि आवश्यक भएकाले यो पार्टी प्रवेश गरेको बताए ।

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा जारी गरेको संघर्षका कार्यक्रमले आफू प्रभावित भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि पार्टीको जारी अभियानमा लाग्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए