कार्यदल जहाँको त्यहीँ

काठमाडौं । सहकारी ठगी प्रकरणका ’boutमा गठन हुने उच्चस्तरीय संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउने ’boutमा कार्यदलका बीचमा सहमती जुटन सकेन् । गत शनिबार समिति गठन गर्ने शीर्ष नेताहरुले सहमती गरेका थिए । तर त्यस यता पटक पटक बसेको बैठकमा कार्यादेशको ’boutमा सहमती जुटन सकेको छैन् ।

मंगलबार कार्यदलको बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री समेतको संलग्नता देखिएकाले उनको नामै उल्लेख गर्नुपर्ने अडान राख्यो । तर प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताले कांग्रेसको सो प्रस्ताव अस्वीकार गरेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक निष्कर्षमा नपुगी सकिएको हो । बैठकले कार्यादेशमा मध्यमार्गी बाटो खोजेर सहमति गर्ने सहमति भएको कार्यदलका सदस्य तथा रास्वपा सांसद शिशिर खनालले बताए ।

खनालले मध्यमार्गी प्रस्तावका विषयमा छलफल गरिएको जानकारी दिए । ‘सहमतिमा टुंगो लगाउनुपर्छ भन्नेमा छौँ । सौहार्दपूर्ण छलफल भयो । केही प्रस्तावमा छलफल भएको छ । बीचको बाटोमा छलफल भइरहेको छ’ उनले भने ।

एमालेबाट प्रतिनिधित्व गरेका प्रमुख सचेतक महेश बर्तौलाले पनि सहमति गरेर सदनको अवरोध हटाउने विषयमा समझदारी बनेको बताए । ‘कुनै विषयमा आज हामी निष्कर्षमा पुगेनौं । सहमति गरेर विषयहरूलाई टुंग्याउने र सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ’ बर्तौलाले भने ।

यस्तै बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरु आफ्नो बटमलाइनबाट पछि नहटेको प्रष्ट पारे । यद्यपी मध्यमार्गी प्रस्ताव आएमा छलफल हुने बताएका छन् । ‘गोरखा मिडियामा जसरी सहकारीबाट पैसा आयो र त्यसको अपचलनमा रवि लामिछाने संलग्न हुनुहुन्छ, यो विषय राख्यौं । हाम्रो बटमलाइनबाट टसमस छैनौं’ उनले भने ।

यता मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा लगाएका आरोपहरु प्रमाणित नगरे संसदबाट गलहत्याएर निकाल्ने चेतावनी दिएका छन् ।

‘यो सम्मानित सदनमा उभिएर गृहमन्त्रीले राष्ट्रिय सूचना बेच्ने एजेन्टहरु यही सदनमा छन् भनेर गम्भीर आरोप लगाउनुभएको छ । माननीय गृहमन्त्रीज्यू, को हो त्यो एजेन्ट ? त्यसलाई यो सदनबाट गलहत्याउँ, हामी साथ दिन तयार छौं । होइन, तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई यो सदनबाट गलहत्याउने कामबाट पनि हामी चुक्ने छैनौं’ उनले भने ।

कांग्रेसकी नेतृ तथा सांसद डा.आरजु राणा देउवाले आफूहरुले सहकारी ठगीको विषय जनतालाई ध्यानमा दिएर उठाएको स्पष्ट पारेकी छिन् । बैठकपछि संसद भवन परिसरमा संचारकर्मीसँगको संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

कान्तिपुरका मालिक कैशाल सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भयो ? अब के हुन्छ भनेर पत्रकारहरुले राखेको प्रश्नमा उनले भनिन्, ‘कैलाश सिरोहियाको केश मलाई थाहा छैन् । पीडितहरु रोएका छन् । यसको पक्षमा छानबिन होस । मेरो भन्नु के छ भने उनीहरु छ पावरमा । खोलेर देखाउदिनु । टिकापुरको जमिनको विषयमा ५० हजारको जमिन हो । ५३ सालमा किनेको । खोजी पत्रकारिता गरेको मान्छेले टिकापुरमा गएर हेर्नुहोस ।’

कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । ‘यो सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागेको छ । यो घोर आपत्ति हो । सभामुखको भूमिका चिन्ताजनक छ’ उनले भने ।

कांग्रेसको विरोधका बीचमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले बताए । यस्तै कांग्रेसको विरोधका बीचमा राष्ट्रियसभाबाट समेत धन्यवाद प्रस्ताव पारित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि