रावणले रम्भालाई जबर्जस्ती बलात्कार गरेपछि उनलाई श्राप लाग्यो । श्राप थियो– रावणले कुनै पनि महिलालाई उसको इच्छाविपरीत छोएमा रावणको टाउको टुक्राटुक्रा हुनेछ । रावणले छल गरेर सीताको अपहरण ग¥यो । अपहरणपछि उसले सीतालाई आफ्नी पत्नी बन्न बिन्ती गरिरह्यो, तर मृत्युको डरले सीतालाई छोएन ।
अर्को घटना छ । रावणले आफ्नी बहिनी सूर्पणखाका पतिको हत्या ग¥यो र उनलाई बहिनीका रूपमा जहाँसुकै घुम्नसक्ने बतायो । अब श्रीमान्को हत्या भयो भने कसरी चुप बस्ने ? सूर्पणखाले भाइ रावणको मृत्युको उपाय सोच्न थालिन् । जब उनले राम, लक्ष्मण र सीता वनवासीजस्तै जीवन बिताउने कुरा थाहा पाइन्, तब उनले आफ्नो इच्छा पूरा हुने सम्भावना देखिन् । उनले सोचिन् कि रावणलाई सीताजस्तै सुन्दर महिला मात्र उनको उपपत्नी बन्न योग्य छिन् भन्ने धारणा दिइयो भने पक्के पनि उसले सीतालाई प्राप्त गर्ने प्रयास गर्नेछ ।
यस्तो भयो पनि । रावणले सीतालाई लिएर गयो । अब ऊ आफ्नै मृत्युको कारक बन्यो । एक महान् विद्वान भएकाले उसलाई आफ्नो र आफ्नो परिवारको सबै कुकर्मको ज्ञान थियो । भगवान् श्रीरामको हातबाट मरें भने उसको पाप मेटिनेछ र मोक्ष प्राप्त हुनेछ भन्ने गोप्य कुरा पनि उसलाई थाहा थियो । रावणले रामसँग शत्रुता राखेर आफ्नो मुक्तिको योजना बनायो । त्यसमा ऊ सफल भयो पनि ।
ज्ञानको सन्दर्भमा रामले लक्ष्मणलाई आफ्नो मृत्युको पर्खाइमा रहेका रावणबाट नीति र राजनीतिको पाठ सिक्न र उनको ज्ञानबाट लाभ लिन पठाए । लक्ष्मण आफ्नो घमण्डले मातेर रावणको शिरमा उभिएर कठोर वचनले ज्ञान दिन आग्रह गरे । रावणले पनि ध्यान दिएनन्, लक्ष्मण क्रोधित भएर रामकहाँ गए । त्यसपछि रामले लक्ष्मणलाई भने कि यदि तिमीले ज्ञान प्राप्त गर्न चाहन्छौ भने गुरुको अगाडि शिष्य बनेर हात जोडेर नम्र मुद्रामा जानुपर्छ । यसो गरेपछि मात्र रावणले लक्ष्मणलाई ज्ञान दिए ।
मुलुकको नीति, राजनीति, संविधान, कानुन र प्रशासनिक प्रणाली चाहे त्यो राजा रामचन्द्र होस्, असुरराज रावण होस् वा नेपालको वर्तमान राजनीतिक व्यवस्था होस्, केन्द्र होस् वा राज्य होस्, राष्ट्रिय दल होस् वा क्षेत्रीय होस्, स्वदेशी विचारधारामा आधारित होस् वा विदेशी विचारधारामा, पुँजीवादी होस् वा साम्यवादी ! ती सबै न्याय, नैतिकता र जनविश्वासमा अडेको हुनपर्छ । अन्यथा पतन निश्चित छ ।
(डा. केदार कार्कीको ‘रावणलाई ज्ञानको अहंकार र श्रीरामलाई अहंकारको ज्ञान’बाट)