आफ्नैवारे

आज हामी २३ वर्ष पूरा गरेर २४औं वर्षमा प्रवेश गरेका छौं । हाम्रो प्रथम प्रकाशन २२ जेठ २०५८ सालमा भएको थियो । अचेत अवस्थामा घोषित राजा दीपेन्द्रको निधन भएको घोषणापश्चात् राजा ज्ञानेन्द्रले नेपालको राजगद्दी आरोहण त्यसै दिन गरेका थिए । अत्यन्तै अशान्त, अनिश्चितता र कोलाहलयुक्त वातावरणबीच राजधानीको जन्म भएको थियो । सायद अनिश्चितता र उथलपुथल अनि समयसमयमा चरम निराशा राजधानीका लागि विधाताद्वारा प्रदत्त नियतनियती नै थियो वा यस उद्योगसँग जोडिएको अपरिहार्य विषय थिए । यस अवधिमा राजधानीले निकै आरोहअवरोह बेहोर्नुप¥यो । थोरै आशालाग्दा लक्षणसँग भयंकर अँध्यारा बादल पनि देखापर्थेे । विश्वास र भर गरिएका स्तम्भको साथ छुट्थ्यो, तर नयाँ सहयोगीहरू पुनः जुट्थे । तमाम संकट र अप्ठ्याराबीच पनि पनि राजधानी अविचलित अडिरह्यो ’cause यसलाई अध्यक्ष महेन्द्र शेरचनको सुदृढ अभिभावकत्व प्राप्त थियो । अकस्मात् उहाँको निधन त राजधानीका लागि अपूरणीय क्षति नै साबित भयो ।

नियन्त्रणभन्दा बाहिरका कारणले गर्दा बजारमा देखापरेको अस्वाभाविक मन्दी र त्यसको प्रभावस्वरूप पैदा भएको विकृत प्रतिस्पर्धा आफ्नो ठाउँमा छँदै थियो । विज्ञापन बजारमा मौलाएको बिचौलिया र भ्रष्टतन्त्रको मिलोमितोले निस्सासिने अवस्था सिर्जना हुन थाल्यो । मूलधारको सञ्चार जगत्लाई गैरजिम्मेवार झिल्के जगत्को बलमिच्याइँ खपिनसक्नु हुँदै गइरहेको थियो । निहित स्वार्थ बोकेका तŒवको दबाब यस्तो विकराल परिस्थितिमा कथित श्रमजीवी आन्दोलजीवीको अकल्पनीय आरोप र आक्रमण अनि संरक्षकको भूमिकामा रहेका व्यक्तित्वबाट नै संस्था ध्वस्त बनाउने प्रयास महेन्द्र शेरचन हुनुभएको भए उहाँले केही गरेर छोप्नुहुन्थ्यो होला राजधानीको प्रकाशन थोरै समयका लागि अवरुद्ध नै हुन पुग्यो ।

यस्तो परिस्थितिमा पनि अविचलित सहयोगी हातका कारण हामी एकपटक पुनः उभिन र अगाडि बढ्ने कोसिसमा छौं । कठिन दिनहरू अझै सकिएका छैनन् । साँच्चै भन्नुपर्दा अगाडिका दिन झनै कठिन छन् । व्यावसायिक सक्षमता र पत्रकारिताको धर्मलाई सन्तुलित राखेर बाँच्न र बढ्न सजिलो छैन । यो दुष्कर कार्यमा राजधानीसँग सक्रिय रूपमा आबद्ध सम्पूर्ण सहयोगी, पाठकवर्ग, विज्ञापनदाता एवं शुभेच्छुकबाट थप सशक्त सहयोगको अपेक्षा गरेका छौं । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र भ्रष्टाचार र बेथितिविरुद्ध अविचलित रहने कोसिस जारी रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन