एमाले निकट युवा संघमा राजिनामाको लहर

सप्तरी । राष्ट्रिय युवा संघ नेपाल सप्तरीमा अहिले राजीनामाको पहिरो चलिरहेको छ । त्यसै क्रममा मंगलवार नयाँ पात्र थपिएका छन् । उनी हुन अध्यक्ष चित्तरञ्जन यादव । मंगलवार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय समितीलाई राजीनामा पठाए र त्यस पछि प्रेस विज्ञप्ती मार्फत मिडिया सामु उनले कारण सार्वजनिक गरेका छन् ।

अध्यक्ष उपाध्यक्षले पालै पालो छाडे पद

अघिल्लो दिन संघको जिल्ला उपाध्यक्ष रंजित भगतले पनि केही नेता र संघको नेतृत्व वर्गको कार्यशैली प्रति असन्तुष्टि जनाउदै पदबाट राजीनामा दिएका दिए । दुबै जनाले राजीनामा पछि जारी गरेको छुट्टा छुट्टै प्रेस विज्ञप्तीमा केही नेता र संघको केन्द्रिय नेतृत्वले कार्यकर्ताको उचित मुल्याङ्कन नगरेको र संघलाई स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाएका छन् ।

लामो समय देखि संगठन भित्र मौलाउँदै गएको स्वेच्छाचारीता, अराजकता र विकृती विरुद्ध पटक–पटक आवाज उठाउँदा पनि कुनै सुनवाई नभएको र संगठनलाई नेताहरुले आफ्नो ब्यक्तिगत अभिष्ट पुरा गर्न पार्टी नेतृत्व संग बार्गेनिङ्ग टुल्सका रुपमा मात्रै प्रयोग गर्ने थलो बनाएको उपाध्यक्ष भगत र अध्यक्ष यादवले पठाएको राजीनामा पत्रमा उल्लेख छ ।

नेकपा एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय युवा संघका केन्द्रिय नेतृत्वकर्ताहरुले आम कार्यकर्ताको नेतृत्व क्षमतालाइ बन्ध्याकरण गराउने काम गरेको तथा नातावाद र कृपावादलाई प्राथमिक्ता दिई संगठनलाई कमजोर पार्दै लगेको आरोप लगाउँदै राजीनामा पत्रमा आफुहरु यस्तो अवस्थामा काम गर्न न सकिने भएकाले राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् ।

उनीहरुले नेतृत्व पंक्तिको कार्यशैलीको विरोधमा संघको जिल्लाकार्य समितीका केही अन्य पदाधीकारीहरु समेत राजीनामा दिने तयारीमा रहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा