क्लिनिक सञ्चालकसहित २ जना लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ

बिराटनगर । मोरङबाट दुई जना लागुऔसध कारोबार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको सुन्दरहरैचा १२ बाट बेलबारी नगरपालिका २ बस्ने २५ बर्षका दाबुद मोहमद र भारत कलकत्ता घर भएका नयन बिश्वासलाई पक्राउ गरिएको छ ।

लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी विराटचोकको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। मोहमदलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कालो जिन्स पेन्टको गोजीभित्र १० रुपैयाको नोट लुकाई राखेको अवस्थामा स-साना ३ वटा प्लास्टिकमा पोका ०.२६ ग्राम (दुई सय मिलिग्राम) लागूऔसध जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिए।

उनलाई सोधपुछ गर्दा उक्त लागुऔसध बिश्वास उपचार क्लिनिक सञ्चालक भारत कलकत्ता घर भएका नयन बिश्वाससँग खरिद गरी ल्याएको बताएपछि उक्त क्लिनिकबाट कालो प्लास्टिकमा पोका पारी लुकाई राखेको ब्राउन सुगर ०.८५ ग्राम (८५० मिलिग्राम) फेला परी दुई जनाकै मुचुल्का बनाई दुवै जनालाई नियन्त्रणमा लिईएको जनाएको छ। इलाका प्रहरी कार्यालयमा राखिएको निरिक्षक दाहालले बताए।

उक्त स्थान बेलबारीबाट ३ किलोमिटर पश्चिममा पर्दछ। लागुऔसध कारोबारी अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको उनले बताए। पछिल्लो मोरङमा लागुऔसध खाने र कारोबार गर्ने युवाहरुको संख्या बढ्दो छ। यसलाई नियन्त्रण गर्न प्रहरी पनि कम्मर कसेर लागिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता