लामखुट्टेको खेती

जीव तथा वनस्पतिको खेती गर्दै आएका वैज्ञानिक अब लामखुट्टेको खेतीमा लागेका छन् । भर्खरै मात्र अफ्रिकी मुलुक जिबुटी ल्याबमा खेती गरिएका लामखुट्टे त्यहाँको स्थानीय वातावरणमा छाडिएको छ । ती लामखुट्टे आनुवांशिक रूपमा परिवर्तित छन् ।

प्रयोगशालामा उत्पादित यी लामखुट्टे औलो रोग फैलाउने लामखुट्टेको प्रजातिलाई फैलनबाट रोक्न स्थानीय क्षेत्रमा छाडिएको हो । यी लामखुट्टे एनोफिलिस स्टेफेन्सी प्रजातिका हुन् । बेलायती एक बायोटेक कम्पनी अक्सिटेकले यसको विकास गरेको हो । यो लामखुट्टेले मानिसलाई नटोक्ने बनाइएको छ ।

स्थानीय खुला वातावरणमा छाडिएका यी लामखुट्टेमा रहेको जिनले नयाँ जन्म भएका लामखुट्टेमा आनुवांशिक परिवर्तन ल्याइदिन्छ । मानिसमा औलो रोग फैलाइरहेका स्थानीय प्राकृतिक लामखुट्टेसँग यी ल्याबमा विकास गरिएका लामखुट्टेले संसर्ग गरेपछि जन्मिएका नयाँ लामखुट्टेका पोथी लामखुट्टे प्रौढ हुनुभन्दा अगाडि नै मर्छन् । प्राकृतिक रूपमा जन्मिएका भाले लामखुट्टेले मानिसलाई टोक्दैनन् । मात्र पोथी लामखुट्टेले टोक्छन् । मानिसलाई रोग सार्ने पनि पोथी लामखुट्टे नै हुन् ।

पोथी लामखुट्टे वयस्क हुनुअघि नै मरिहाल्ने आनुवांशिकी प्रयोगशालामा उत्पादित लामखुट्टेमा हुने भएकाले यिनले औलो रोगजस्ता घातक रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न सहयोग पु¥याउँछन् । पूर्वी अफ्रिकामा खुला वातावरणमा छाडिएको यो पहिलो घटना भए पनि विश्वमा भने यो नयाँ होइन । यसअघि ब्राजिल, क्यामेन टापु समूह, पनामा तथा भारतमा पनि यस्तै तरिका अपनाइएको थियो । यसबाट सफलता हात लागेकाले पनि यस प्रक्रियालाई विश्वमा निरन्तरता दिइएको हो ।
(बीबीसी तथा स्थानीय पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 65 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी