सुन्दरहरैचामा जंगली भाले हात्ती मृत भेटियो

बिराटनगर । मोरङमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको छ। सुन्दरहरैँचा ६ स्थित पुर्वान्चल क्रसर नजिक कुमार गाउँमा स्थानीयले लगाएको केराघारीमा हात्ती मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

हात्ती भर्खर युवा अवस्थामा प्रवेश गरेको र के कति कारणले मरेको हो भन्ने ’bout अनुसन्धान भईरहेको सव–डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ। मृत अवस्थामा भेटिएको दुवै दाह्रा सुरक्षित रहेको सव–डिभिजन वन कार्यालय सलकपुरका अधिकृत अमृत पन्तले जानकारी दिए।

अधिकृत पन्तका अनुसार हात्तीको एक ठाउँमा सानो चोट लागेको भेटिएको बताए। अहिले मृत हात्तीको पोस्टमार्टमका लागि पशु चिकित्सक, कोसीटप्पु वन्यजन्तु आरक्षणका कर्मचारी घटनास्थल आइपुग्न लागेको उनले बताए।

हात्ती मरेको विषयमा अनुसन्धान अघि बढाएको उनले बताए । हात्ती आफै मरेको हुन सक्ने प्रहरीको भनाई छ । मृत्युको कारण पोस्टमार्टमपछि थाहा पाइने उनले बताए । केही महिना अघि मात्र सुन्दरहरैंचामा एउटा हात्तीलाई गोली हानेर मारिएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरले गर्‍यो फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश