४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास

काठमाडौं । न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् ।

२०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए । तीमध्ये खुलामा ७ र आन्तरिकमा ४ जनाले मात्र नाम निकालेका छन् । उत्तीर्ण हुनेहरूमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाई, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मनिराम ज्ञवाली रहेका छन् ।

आयोगले आन्तरिक, खुला, महिला, आदिवासी जनजाति, मधेसी र अपांगता भएको समूहअन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो । उत्तीर्ण हुनेहरूका लागि आयोगले ६ र ७ आसारमा अन्तर्वार्ताका लागि समय तोकेको छ ।

आयोगले आन्तरिक खुलामा २१, खुलामा १२ महिलामा ४, आदिवासी जनजातिमा २, मधेसीमा २, दलितमा १ र अपांता भएकामा १ गरी ४३ जनाको विज्ञापन गरेको थियो । तर, सो विज्ञापनमा आवेदन दिएकामध्ये खुला र आन्तरिकमा परीक्षा दिएकाहरू पास भए पनि मधेसी, महिला, जनजाति, दलित र अपांगता भएकामा एक जना पनि लिखित परीक्षामा उत्तीर्ण नभएका पाइएको छ । अब रिक्त पदमा न्यायपरिषद्ले नियुक्ति गर्नेछ ।

संविधानले नै परीक्षाका माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने व्यवस्था गरेको छ । तर, हरेक वर्ष न्यून मात्र उम्मेदवार उत्तीर्ण हुने हुँदा अनुत्तीर्ण भएका योग्य जनशक्तिबाटै पुनः परिषद्ले नियुक्ति गर्ने गरेको छ । यसपटक पनि ३५ जना चोरबाटोबाट जिल्ला न्यायाधीश हुने भएका छन् । आयोगमा प्रधानन्यायाधीश अध्यक्ष तथा वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता र कानुनमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ । जसमा न्यायपरिषद्को सचिव पनि सदस्यका रूपमा रहने गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते