बैतडी जिल्ला अस्पताल देशभरमा लगातार उत्कृष्ट

बैतडी । बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पताल लगातार उत्कृष्ट स्थानमा आएको जिल्ला अस्पताल बैतडीका प्रमुख सुशिल बिकले बताइन् । उनले अतिरिक्त सुबिधा सहितका अस्पतालहरु मध्ये भक्तपुर उत्कृष्ट भएकोमा प्राथमिक अस्पतालमा भने बैतडी उत्कृष्ट भएको बताए ।

यसरी लगातार जिल्ला अस्पताल उत्कृष्ट आउनुमा व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । अस्पतालको नेतृत्व र वर्तमान कार्यालय प्रमुख डाः सुशिल विकको कार्यकौशलताले देशभरमै अस्पताललाई चिनाउन सम्भव भएको उनले बताइन् ।

प्राथमिक अस्पतालहरुको पछिल्लो मुल्यांकन मध्ये तेश्रो बर्षको रिपोर्ट सार्वजनिक हुन बाँकी रहे पनि लगातार २ पटक उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । तेस्रो पटकको रिर्पोट सार्वजनिक भएको अवस्थामा समेत अस्पताल उत्कृष्ट अस्पतालकै रुपमा देखिने जिल्ला नेतृत्वको बिश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी