प्रभु साहले किन मागे प्रधानमन्त्री प्रचण्डको राजिनामा ?

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा दिन सुझाव दिएका छन् । आफ्नो बोलीमा अडिन नसकेको हो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सुझाव उनको छ ।

प्रधानमन्त्री प्रचण्डले यसअघि संघीयता कार्यान्वयन गर्ने भन्दै अब तीन करोडभन्दा तलको योजना संघले नल्याउने भनेर गरेको प्रतिबद्धता अहिलेको बजेटबाट उल्लंघन भएको उल्लेख गर्दै सांसद साहले प्रधानमन्त्री प्रचण्डलाई नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताए ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री प्रचण्डको बोली र व्यवहारमा फरक देखिएको भन्दै राजीनामा मागेका हुन् । बजेटमा विभेद गरिएको भन्दै साहले आक्रोश समेत पोखेका छन् ।

‘यो बजेट पहुँचवालाको बजेट भएको छ । नेपाली जनताले तिरेको कर होईन र ? हो भने देशभरि बजेट जानुपर्दैन् ? बजेट सबैतिर जानुपर्दैन् ? यसको अन्त्य चाहन्छौं । यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छौं । प्रधानमन्त्रीले त संघीयता कार्यान्वयन गछौं । उहाँले संघमा तीन करोड भन्दा कमको योजना रहँदैन भन्नुभएको थियो’ साहले प्रश्न गर्दै भने, ‘म सोध्न चाहन्छु–तपाईंको कुरा चलेको छ कि छैन् ? चलेको छैन भने तपाईं कुन मोरलले त्यहाँ बस्नुहुन्छ ? यदि चलेको हो भने कसरी त्यो कुराको उल्लंघन भयो ? यदि कुनै मन्त्रीले तपाईंको कुरा मानेको छैन भने त्यसलाई बर्खास्त गर्ने हैसियत राख्नुहोस । यदि तपाईं पनि आफ्नो कुरामा टिक्नुभएको छैन भने तपाईं पनि कुर्सीमा मोरल रुपमा बस्न मिल्छ जस्तो मलाई लाग्दैन् ।’

साहले राजनीति र नेतृत्वमा अहिले विश्वासको ठूलो खडेरी रहेको बताउँदै भने, ‘प्रधानमन्त्रीले आफ्नो बोलीको ख्याल गर्नुपर्छ । जनता निराशाको अवस्थामा छन् । उनीहरुमा विश्वास जगाउनुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र