पाँच वर्षदेखि फलामे सिक्रिले बाँधेर राखिएका युवाको हुनेभो उपचार

राजविराज । गरिबीका कारण औषधी उपचार गराउन नसकेर विगत विगत पाँच वर्षदेखी आमाद्वारा फलामे सिक्रिले बाँधेर राखिएका एक युवाको मंगलबार उपचारका लागि उद्दार गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ७ का २२ वर्षिय युवा प्रविण चौधरीको उपचारका लागि यसरी उद्दार गरिएको हो ।

समाचारको प्रभाव

सडकलाई अलपत्र परेका मानवबाट मुक्त र उनीहरुको उपचार गराई उचित व्यवस्थापन गर्ने क्षेत्रमा क्रियाशिल मानव सेवा आश्रम जनकपुर नामक संस्थाले उनको उद्दार गरेको हो ।

मंगलबार साँझ उनको घरमै पुगेको आश्रमको सचिव सुमन बर्तौला, आश्रमका मधेश प्रदेश इन्चार्ज विवेक महतो, आश्रमका प्रतिनिधि सन्तोष थापामगर, इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरल लगायतको टोलीले उनको उपचार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रम जनकपुर लगेका छन् ।

उद्दारका क्रममा मधेश प्रदेशका वन राज्य मन्त्री रन्जु मण्डल, प्रदेश सांसद महेश प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको पनि उपस्थिति रहेको थियो । प्रविणको खुटामा बाँधिएको फलामे सिक्रि मधेश प्रदेशका पूर्व शिक्षा मन्त्री समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादवले खोलेका थिए ।

सो अवसरमा राज्य मन्त्री मण्डलले गरिबीका कारण उपचार गराउन नसकेका, सुस्त मनिस्थिती भएका र सडकमा अलपत्र परेका व्यक्तिको उचित व्यवस्थापनका लागि आश्रमले गरिरहेको कार्यको प्रशंसा गर्दै यस्ता आश्रम प्रदेशका थप जिल्लामा संचालनका लागि आफूले पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

सुस्त मनस्थितिका आफ्ना छोरालाई आर्थिक अभावका कारण औषधी उपचार गर्न नसकेर एकल महिला समेत रहेकी ६५ वर्षिया आमा एश्वरीले विगत ५ वर्षदेखी छोरा प्रविणलाई खाटमा फलामे सिक्रिले बाँधेर राख्न बाध्य भएकी थिइन् ।

सुस्त मनस्थितिका छोरालाई चोटपटक नलागोस् र बाहिर गएर कसैसँग झै झगडा नगरोस् भनेर यसरी सिक्रिले बाँधेर राख्नु परेको आमा एश्वरीले बताउँदै आएकी थिइन् । यसरी सिक्रिमा बाँधिएर जिवन बिताइरहेका प्रविण ’bout राजधानी दैनिकले प्राथमिकताका साथ समाचार प्रकाशन गरेपछि ध्यानाकर्षण भई उनको उद्दारसहित उपचार ब्यवस्था मिलाउने तयारी भएको आश्रमका मधेश प्रदेश इन्चार्ज महतोले बताए ।

१७ वर्षको उमेर पुग्दा अचानक प्रविण मानसिक रुपमा विक्षिप्त भएका थिए । सडकलाई अलपत्र र सुस्त मनिस्थितिका मानवबाट मुक्त बनाउने अभियानमा लागेका आश्रमले छोरालाई उपचार गराइदिने भएपछि उनले आश्रमका प्रतिनिधिसँगै आएका टोलीप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल