कमलामाई नगरपालिकालाई गरियो ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

सिन्धुली । कमलामाई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरिएको छ । विहिबार जिल्लाको दोस्रो तथा वागमति प्रदेशको एघारौं अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरिएको हो ।

बागमति प्रदेश सरकारको सहयोगमा कमलामाईलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । सिन्धुलीमाढीमा औपचारिक कार्यक्रमको आयोजना गरि निःशुल्क शिक्षा घोषणा गरिएको छ ।

वागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कमलामाई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरेकी हुन । उनले अनिवार्य तथा निःशुल्क घोषणालाई निरन्तरता दिन सबैलाई आग्रह गरिन । मोक्तानले यो वर्ष वागमति प्रदेशका १८ वटा स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क घोषणा गरिने बताईन । मन्त्री मोक्तानले बाग्मति प्रदेशका सबै पालिकालाई निःशुल्क घोषणा गर्ने लक्ष्य अनुसार आगामी वर्ष पनि २४, २५ वटा स्थानीय तहलाई बजेट सुनिश्चित गरिने बताईन ।

कमलामाई नगरपालिका भित्रका विद्यालय बाहिर रहेका ४ देखि १३ वर्षसम्मका २ सय ८१ जना र विशेष आवश्यकता भएका २६ जना बालबालिकालाई विद्यालयको शिक्षामा जोडेपछि नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । विद्यालयमा भर्ना गरिएका ती बालबालिकालाई नियमित रुपमा फलोअप समेत गरिने कमलामाई नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका १४ वटा वडामा वडास्तरीय निःशुल्क शिक्षा घोषणापछि नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै वागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम खनालले निःशुल्क शिक्षा घोषणाले सामुदायिक विद्यालयहरुलाई चुनौती थप्ने बताए । उनले सबैले सहयोग गरेर अभियानलाई निरन्तरता दिन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले विशेष आवश्यकता भएका बालबालिकालाई खोजी खोजी विशेष विद्यालयहरुमा भर्ना गराउन समेत आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले परम्परागत शैलीको शिक्षाले अवका बालबालिकाको विकास गर्न नसक्ने बताईन । उनले प्रविधियुक्त, व्यवस्थित, वैज्ञानिक शिक्षा अवको आवश्यकता रहेको बताईन । उनले शिक्षा क्षेत्र सुधार गर्नका लागि स्थानीय तहले उल्लेख्य सहयोग गर्ने बताईन ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा तथा खेलकुद शाखाका प्रमुख शंकर लुईंटेलले स्वागत गरेका थिए । कार्यक्रमको समापनमा बोल्दै मेयर पोखरेलले वर्तमान शिक्षा प्रणालीमा सुधार आउनुपर्नेमा जोड दिए । उनले शिक्षाको समस्या समाधान गर्न स्थानीय तहले मात्र नसक्ने समेत उनले बताए । मेयर पोखरेलले पनि प्रविधियुक्त र सिपमूलक शिक्षा आजको आवश्यकता रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू