पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक हुन् भन्ने बुझाउन नसकिएको बताए ।
गण्डकी प्रदेश सरकारको सहकार्यमासंसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा शनिबार यहाँ आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको स्मरण पनि गराए । उनले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटकपटक छलफल गरी विधेयकलाई निष्कर्षमा पु¥याइएको बताए । जसमा प्रतिपक्ष दलले पनि सहयोग गरेकोमा धन्यवाद दिए ।
गण्डकीमा प्रेस रजिस्ट्रारको कार्यालय खुलेपछि सानातिना कमेन्ट नआउने उनको अपेक्षा छ । मिडियाले पनि नकारात्मकसँगै सकारात्मक कुरा पनि उजागर गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए । दल र सञ्चार क्षेत्रबीच राम्रो सहकार्य हुनसकेमा त्यसले समग्ररुपमा दल र व्यवस्थालाई बलियो र जिम्मेवार बनाउन भूमिका खेल्ने उनको विश्वास थियो ।
गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलका उपनेता तथा पूर्वमन्त्री सुशीला सिंखडाले सत्यतथ्य समाचार सम्प्रेषणका माध्यमबाट पत्रकारिता क्षेत्रले समाजलाई सुसूचित गराउनुपर्नेमा जोड दिइन् ।
संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन तालिमको आयोजना गरेको बताए ।
तालिममा करिब ६० जना पत्रकारले भाग लिएका थिए । तालिमका प्रमुख प्रशिक्षक पत्रकार रामजी दाहाल थिए । उनले संसदीय पत्रकारिताको इतिहास र वर्तमान अवस्था’bout बताए ।
गण्डकी प्रदेशसभाका पूर्व सदस्यद्वय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडीले आफ्नो अनुभव सुनाए भने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रवीण ढकाल र प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीलगायतले तालिममा सहजीकरण गरेका थिए ।