वैदेशिक रोजगार विभाग घेराउ गर्दै आईटी आर्मीले श्रममन्त्रीको पुतला दहन गर्यो

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालको पुतला दहन गरेको छ । वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुपर्ने लगायतका बिभिन्न माग गर्दै विगत १३ दिनदेखी आन्दोलनरत आईटी आर्मीले आफूहरुको माग सम्बोधन नगरेको भन्दै १३औं दिनको पुण्यतिथिमा श्रम मन्त्री अर्यालयको पुतला दहन गरेको हो ।

काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग अगाडी आईटी आर्मीले विगत १३ दिनदेखी धर्ना तथा घेराउ गर्दै आएको छ । १३ दिनदेखी चर्को गर्मीका बीचमा बिभिन्न माग गर्दै आन्दोलन गरिए पनि आफूहरुको माग सम्बोधनमा श्रम मन्त्रीले चासो नदिएकाले उनको पुतला दहन गरिएको आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले जनाएका छन् ।

वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका आईटी आर्मीका महिला नेतृ मिनादेवी साहले बिदेश जाने युवाहरुसँग बिना रसीद मोटो रकम ठगी गर्नेलाई कारवाही गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनकारीलाई ह्रासमेण्ट गर्ने कार्य सही नभएको बताईन् । यसमा गृहमन्त्री एवं प्रधानमन्त्रीको समेत ध्यान जान आवश्यक रहेको उनले बताईन् ।

‘यो श्रममन्त्री आफै म्यानपावर चलाउँदै आएको हो । अहिले मन्त्री भएपछि कमसेकम वैदेशिक रोजगारका पीडितहरुको माग सम्बोधन गर्नुपर्ने हो । तर दुर्भाग्य उनले पनि नसुने जस्तै गरेपछि हामीले उनको पुतला दहन गर्यौ’ साहले भनिन्, ‘सरकारले हाम्रो माग सम्बोधन नगरे यो भन्दा कडा आन्दोलन हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ ।’

आईटी आर्मीका अर्का महिला नेतृ कनक सिंहले वैदेशिक रोजगार क्षेत्रका भ्रष्ट अधिकारी तथा ठग मेनपावर र ऐजेंटलाई सरकारकै संरक्षण रहेको आरोप लगाईन् । अहिले सरकारसँग भ्रष्ट र ठगहरुको गहिरो दोस्ती एवं सहकार्य रहेको पुष्टि हुँदै गएको सिंहको आरोप छ । वैदेशिक रोजगारको ठगी ’bout सरकार यसरी नै मौन रहे आईटी आर्मीले कडा कदम चाल्ने चेतावनी सिंहको छ ।

आन्दोलनमा सहभागि युवा नेता चन्द्रिकालाल साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको साहको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गर्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने साहको जिकिर छ ।

पुराना दलहरुले समृद्धि ल्याउँन सकेन, भ्रष्टाचारीलाई कारवाही गरेनन् लगायतका आरोप नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरुले लगाउँने गरेका छन् । तर त्यही रास्वपाका उपसभापति समेत रहेका डिपि अर्याल अहिले श्रम मन्त्री हुँदा समेत वैदेशिक रोजगारी पीडितहरुले न्याय नपाउँनु भनेको दुखद बिषय भएको साहको भनाई रहेको छ ।

आईटी आर्मीका नेता राजनिश प्रसाद कुशवाहाले वैदेशिक रोजगारको क्षेत्रमा जताततै मनोमानी भईरहेकाले सर्वसधारण पीडित बनेको बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ कुशवाहाले भने ।

आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।

बेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुसामू वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव: प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी