फरार प्रतिवादी लागुऔषधसहित सुन्दरहरैचा बस्ने भुजेल पक्राउ

विराटनगर । फरार प्रतिवादी लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादी तेह्रथुम लालिगुराँस नगरपालिका-९ घर भई सुन्दरहरैचा नगरपालिका-४ मोरङमा डेरा लिई लुकिछिपी बस्दै आएका ४२ बर्षीय अमृत बहादुर भुजेललाई गरेको हो ।

लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतबाट गत बर्ष पक्राउ अनुमति जारी भई फरार रहेर लुकिछिपी बस्दै आएका भुजेललाई खोजतलासको क्रममा फेला पारी पक्राउ गर्न सफल भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६ सय रुयैँया र १ थान स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु