वीरगन्जको सिद्धार्थ बैंकमा सल्केको आगो ४ घण्टापछि नियन्त्रण

वीरगन्ज । वीरगन्जमा रहेको सिद्धार्थ बैंकमा बेलुका तिर लागेको आगो ४ घण्टापछि नियन्त्रणमा लिइएको छ । वीरगन्ज महानगरपालिका, सहित पर्साका विभिन्न पालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका र नेपाल प्रहरीको विपत् गुल्म तथा सीमापारी भारतबाट समेत त्यहाँ ८ वटा बारुण यन्त्र पुगेका थिए । ती ८ वटा बारुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा ४ घण्टापछि आगो नियन्त्रणमा लिइएको हो ।

आगो के कारणले लागेको हो ? भन्ने एकिन भइसकेको छैन । विद्युत् सर्ट भएर तीन तला माथिबाट आगो फैलिएको प्रारम्भिक अनुसन्धानमा खुलेको पर्सा प्रहरीले जनाएको छ । अहिले अध्यारो भइसकेकोले भोली उज्यालोमा थप अनुसन्धान गरी तथ्य बाहिर ल्याउने पर्साका प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए ।

पर्साको सदरमुकाम वीरगन्जको मुटु आदर्शनगर चोकमा रहेको बैंकको शाखामा बेलुका करिब ४ बजेतिरबाट लागेको आगो साँझ ८ बजे मात्र नियन्त्रणमा लिन सकिएको प्रहरीको भनाइ छ । आगलागी भएको बैंकको भवनमा तीन तिरबाट आगो निभाउन मिल्ने नभएपछि अगाडीको भागबाट मात्र आगोलाई नियन्त्रणमा लिनु पर्ने बाध्यता थियो । जसले गर्दा आगो नियन्त्रणमा लिन धेरै समय लागेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक भारतीले बताए ।

आगोले माथिका तलाका सम्पूर्ण सामान जलेर नष्ट भएको र पहिलो तलाका धेरैजसो सामान भने बचेको उनको भनाइ छ । यति नै मूल्य बराबरको क्षति भएको भन्ने बैंकले अहिले नै खुलाएको छैन । तर ठूलै क्षति चाही भएको छ । माथिल्लो तलामा स्टोर पनि रहेको भनिएको छ । त्यो तलाका सामान चाही कुनै पनि नबचेकोले क्षतिको विवरण ठूलै हुन सक्ने अनुमान गरिएको पर्सा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो