दुई दक्षिण भारतीय अभिनेता काठमाडौंमा

काठमाडौं । बलिउड चलचित्र गजनीका भिलेन तथा दक्षिण भारतीय कलाकार प्रदीप रावत र दक्षिण भारतीय सिनेमा पुष्पाको भिलेन सुनिल वर्मा यतिबेला काठमाडौंमा छन् । उनीहरु सोमबार बेलुका काठमाडौं आएका हुन् । अभिनेत्री नीता ढुँगानाले निर्माण गरिरहेको चलचित्र ह्रस्व दीर्घमा आफ्नो चरित्र निर्वाह गर्नका लागि यी दुई कलाकारहरु काठमाडौं आएका हुन् ।

यो चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा निर्माण भईरहेको छ । चलचित्र ह्रस्व दीर्घको अहिले काठमाडौंमा चौंथो चरणको छायांकन धमाधम भैरहेको छ । यी दुई भारतीय कलाकार आएसँगै अब चारदिनसम्म यो चलचित्रको बाँकी छायाँकन काठमाडौंका विभिन्न स्थानमा गरिने अभिनेत्री एवम् निर्माता नीताले राजधानीलाई जानकारी गराएकी छिन् । उनका अनुसार द्धन्द्ध निर्देशक चन्द्र पन्तले यो चलचित्रको निर्देशन गरिरहेका छन् ।

नीताका अनुसार यो चलचित्रमा दक्षिण भारतीय चर्चित कलाकारहरु ब्रम्हानन्द, प्रदीप रावत, सुनिल बर्मा, अली, कवीर सिंह दुहानसहितका केही कलाकारहरु छन् । यस्तै नेपालबाट यो चलचित्रमा हरिहर अधिकारी, नीता ढुँगाना, बिपना थापा, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

बलिउड तथा दक्षिण भारतीय अभिनेता प्रदीप रावतले चलचित्र ह्रस्व दीर्घमा आफुले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिका निर्वाह गरिरहेको बताए । यो चलचित्रको केही छायाँकन भारतमा गरेर बाँकी छायाँकन नेपालमा भईरहेको पनि उनले स्मरण गरे । आफुले यसअघि भोजपुरी चलचित्र ‘माही’मा पनि नीता ढुँगानासँग अभिनय गरेको स्मरण गर्दै प्रदीपले भने,‘नीता राम्रो कलाकार हुन् । उनी आफैंले अहिले विभिन्न भाषामा चलचित्र ह्रस्व दीर्घ निर्मार्ण गरिरहेकोमा खुसी लागेको छ ।’ यस्तै यो चलचित्रका निर्देशक चन्द्र पन्तलाई नेपाली चलचित्रको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक भएका चन्द्रले निर्देशनमा पनि त्यत्तिकै राम्रो काम गरिरहेको प्रदीपले बताए ।

अर्का दक्षिण भारतीय अभिनेता सुनील वर्माले पनि नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । यो आफ्नो लागि एउटा फरक अनुभव भएको पनि उनले जानकारी गराए,‘ यो चलचित्रको स्कृप्ट राम्रो भएकाले यो चलचित्र उत्कृष्ट बन्ने विश्वास मैले लिएको छ । यो चलचित्रले नेपाली चलचित्रलाई भारतीय चलचित्र उद्योगसँग जोड्ने पुलको काम गरिरहेको छ ।’ सुनिल वर्माले ह्रस्व दीर्घ नेपालको पहिलो प्यान इन्डिया चलचित्र भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेका छौं भने ।

चलचित्रको बाँकी काम’bout यसका निर्देशक चन्द्र पन्तले भने,‘यो सिनेमाको अन्तिम सेड्युल हो । ४ दिनमा सबै छायाँकन सम्पन्न गरेर हामी पू्र्ण रुपमा चलचित्रको प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं ।’, यो चलचित्रको बाँकी छायाँकन सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट सुरु गरिएको पनि उनले बताए ।

अभिनेत्री एवम् निर्मात्री नीता ढुंगानाले नेपाली र भातरीय कलाकारहरुको अभिनय रहेको यो चलचित्र मल्टिनेशनल चलचित्र बनेको बताईन् । भारतबाट आएका कलाकारहरु अझै चारदिन बसेर आफ्नो छायाँकन सम्पन्न गरेपछि भारत फर्कने पनि उनले जनाईन् । नेपाल बसाईको क्रममा उनीहरुको स्वराँकन पनि गराउने लक्ष्य निर्माण पक्षको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको ह्रस्व दीर्घमा बलिउड सिनेमाटोग्राफर कवीरलालको छायाँकन रहेको छ । यो चलचित्र नेपालमा आगामी असोज ३ गतेबाट प्रदर्शन गरिने भएको छ । नेपालमा यो चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस