बिराटनगर । लगातारको वर्षा पछि अरुण नदीमा आएको बढीले अरुण तेश्रो आयोजनाको डाइभर्सन थुनिएको छ। संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध थुनिएर ओभर फ्लो भएर पानी बग्न थालेको गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ भोटेले जानकारी दिए ।
अरुण नदीमा आएको बाढीले डाइभर्सन थुनिएको र अहिले ओभर फ्लो भएर पानी बगिरहेको र त्यो फुट्यो भने तटीय क्षेत्रमा खतरा रहेको अध्यक्ष भोटेले बताए। ‘अरुण नदि थुनिएको भन्दा आयोजनाको ड्याम छ त्यो ड्याम ब्लक भएको हो,अहिले भरिएर पानी बग्न थालेको छ,उनले राजधानीसँग भने,त्यहाँ पुग्न पालिकाको केन्द्र देखि ७-८ किलोमिटरमा पर्छ अहिले खासै त्यस्तो केहि छैन ब्लक चाहिँ भएको हो’।
त्यो फुट्यो भने तटीय क्षेत्रमा खतरा छ। तर,त्यो फुट्दैन। यदि फुटीहाल्यो भने फ्याक्सिन्दामुनिको तटीय क्षेत्रको बस्ती जोखिममा पर्ने उनले बताए। माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले अरुण नदी किनारमा बसाेबास गर्नेहरू उच्च जाेखिममा पर्न सक्छ भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले सुरक्षित रहन पनि अनुरोध गरेको छ।






