चलचित्र पत्रकार संघ कास्कीको स्थापना दिवस

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको अध्यक्षतामा पोखरामा संघको शाखा स्थापना भएको हो ।

दिवस अवसरमा शुभकामना आदानप्रदानसँगै चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुप’bout चर्चा भयो ।

संस्थापक अध्यक्ष सिग्देलले संघ स्थापना बेलाको स्मरण गर्दै हाल संघले बिस्तारित रुप लिँदै गएको बताए ।

निवर्तमान अध्यक्ष अरुण गिरीले सिनेमामार्फत विभिन्न मुद्दा उठान हुुने भएकाले विषयगत रिर्पोटिङ सिनेमामार्फत पनि गर्न सकिन बताए ।

सल्लाहकार सुरेश रानाभाटले संघका उदाहरणीय कार्य रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने आवश्यकता औलायए ।

संघ अध्यक्ष प्रभू अधिकारीले सबैका सुझाव आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय गर्ने बताए । कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्व सहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्की सचिव धनबहादुर गुरुङ (सुमन), उपाध्यक्ष अर्पण तिवारी र सचिव सन्तोष बस्यालले बोलेका थिए ।

सो अवसरमा संघले क्युुएफएक्स र मिडटाउन सिनेमा हलमा स्थापना गरेको रिभ्यूू बक्स खोलिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब अध्यक्षकै उम्मेदवारले पार्टी परित्याग गरे…