पहिरो खस्दा १ को मृत्यु, सडक अवद्ध, खोलामा जलसतह बढ्यो

बुडर–जोगबुढा सडकको सुनखोला नजिक खसेको पहिरो हटाउदै डोजर तस्बिरः सामाजिक संजाल ।

डडेल्धुरा । पहिरोमा परि एक जनाको घटना स्थलमै मृत्यु भएको छ । माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक कार्कीका अनुसार शनिबार बेलुका पख पनेरुको मृत्यु भएको हो । लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुगाउदा धारामा पानी बन्द भएको थियो ।

वडा नं. ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायव उपरिक्षक कार्कीले बताए । ढुंगाले पनेरुको खुट्टा र ढाडमा गहिरो चोट लागेको देखिएको उनले बताए ।

वर्षाका कारण तराई पहाड जोड्ने महाकाली, डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षती पुगाएको छ । महाकाली राजमार्गको गन्यापधुरा गाउँपालिका १, शाहुखर्क, अमरगढी नगरपालिका ६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको थियो । शाहुखर्कमा आईतबार बिहान पहिरो खसेको थियो भने भालुमारेमा शनिबार राति नै पहिरो खसेको थियो । डोजरले पहिरो हटाएपछि आईतबार दिउसोबाट राजमार्ग संचालना आएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।

उनका अनुसार आईतबार बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजगर्मा अवरुद्ध भएको थियो । पहिरो हटाए पछि सेती राजमार्ग पनि संचालनमा आएको छ । तर शनिबार देखि अवरुद्ध भएको बुडर–जोगबुडा सडक भने संचालनमा आउन सकेको छैन । यस सडक खण्डको सुनखोला नजिक माथिबाट पहिरो खसेको थियो । शनिबार राति खसेको पहिरो यो समाचार तयार पर्दासम्म हटाउन सकिएको छैन ।

शुक्रबार देखिको लगातरको झरीले जनजीवन प्रभावित भएको छ । बिषेश काम बाहेक स्थानीयहरु घर बाहिर निस्कन सकिरहेका छैनन् । खोलामा पानीको सतह बढ्दै गएको छ । यद्यपी डडेल्धुरामा खोलानालाले अहिले सम्म क्षती नपुगाएको उनले जानकारी दिए । ग्रमिण कच्चि सडकहरु भने पूर्ण रुपमा बन्द रहेको उनले बताए ।

किसानले लगाएको मकैमा ठूलो क्षति भएको छ । आलिताल गाउँपालिकाका स्थानीय भिम खत्रीका अनुसार किसानले लगाएको मकै सबै ढलेको छ । पानी पर्दा रोपाई गर्न सजह भए पनि मकै लगायतका अन्य खेतीपातीका बोटविरुवा ढलेका छन । यसले ठूलो क्षति पुगाएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा