डुबान उद्धार सतर्कता जरुरी

मनसुनले देशव्यापी रूपमा समान वर्षा गराउन थालेपछि डुबानको समस्या देखापर्न थालेको छ । नदीहरूले खतराको चिह्न पार गर्न थालिसकेका छन् । तराई डुबान बढ्ने देखिएको छ । पहाडमा पहिरो र जलमूल बढ्दै गइरहेका छन् ।

मुलुकका ठूला नदीले खतराको बिन्दु पार गर्दै सावधानीको संकेत दिइरहेका छन् । कोशी, गण्डकी, नारायणी, राप्ती, सेती, भेरी र महाकालीले आफ्नो रौद्ररूप देखाउन थालिसकेका छन् । यी नदीका बहाव क्षेत्रमा र ’round रहेका इलाका जोखिममा परिरहेका छन् ।

वर्षा निरन्तरता भइरहेको छ । लामो र निरन्तर झरी वर्षाका कारण मुलुकका सडक तथा राजमार्ग ठाउँठाउँमा अवरुद्ध छन् । सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीले निरन्तर वर्षाका कारण दुई दिन पहिलेदेखि नै खतराको बिन्दु पार गर्दै बगिरहेका छन् । नेपालका नदीहरू बग्ने सतह, पानीको भार, जमिनको ढाल, बस्ती र निकासनुसार ७ देखि ८ मिटरमाथि खतराको लेबल मानिएको छ । सप्तगण्डकी अर्थात् नारायणी अहिले नै खतराको तहमाथि बगिरहेको छ ।

महाकाली र कर्णाली पनि उर्लंदो अवस्थामा छन् । कोशी निरन्तर उर्लिइरहेको छ । नदी’roundका बासिन्दालाई सतर्क रहन भनिए पनि उनीहरू जुनसुकै बेलामा खतरामा पर्नसक्ने भएकाले उद्धारको तयारी जरुरी छ । यसका लागि सरकार गोताखोरजस्ता जनशक्ति, आर्थिक परिचालनको स्रोत, खोज तथा उद्धारका उपकरण, जोखिम विशेष ठाउँमा टेन्ट तथा खाद्यान्नको तयारी, पोसाक र लुगाफाटाको तयारी तथा आवश्यक जोखिमको पूर्वानुमान र स्थानीय जनताको सहयोग आदि कुरामा निकै गम्भीर हुनुपर्छ ।

नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइए पनि उदारका बिन्दुहरूका ’boutमा जानकारी दिइएको छैन । जोखिमका इलाका वर्गीकरण गरिइनु जरुरी छ । वर्गीकृत इलाकामा सतर्कता र उद्धार कार्यका विधि पनि सिकाइनु जरुरी छ । होइन भने जनताले उल्टै जोखिम लिने र क्षति बढ्ने हुनसक्छ । डुबानबाट लाख जनता र बाढीपहिरोबाट हजारौं जनता प्रभावित हुँदैजाने आँकलन गरी तयारी अवस्थामा रहनुपर्छ ।

वर्षा निरन्तर भइरहेको छ । नदीको जलसतहले खतराको तह पार गरिसकेको दिउँसो त देख्न सकिन्छ, तर रातमा देख्न सकिँदैन । यसकारण पनि नदी सतह कति बढेको छ भनी निरन्तर ख्याल र रखबारी गरिरहनुपर्छ । यसका साथै सम्भावित खतरा ठाउँमा राहत सामग्री र जनशक्ति तथा उपकरण तयारी हालतमा राखिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै सेवासुविधामा जनताको हितमा लगाउने छु : कृष्णबहादुर थापा