कञ्चनपुरमा वर्षाले १ नाबालकसहित ३ जनाको ज्यान लियो, २ बेपत्ता

महेन्द्रनगर । लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढिमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ भने दुई जना बेपत्ता भएका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर –१ पहरियामा डुवान हुदा घरभित्र सुतिरहेका सात महिने शिशु सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी घरभित्र पानी पसेपछि खाटबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार दिउँसो बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ मा रहेको चौधर नदीमा माछा मारेर फर्कने क्रममा नदि तर्ने बेला नदिको जलस्तर बढेर तर्न न सक्दा बेपत्ता भएका डम्बर चौधरी अहिलेसम्म फेला नपरेको र उनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बेलडाडिका प्रहरी निरीक्षक कृष्ण कुवरले बताए ।

सोमबार पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भए संगै मृतकको संख्या ३ पुगेको हो । पुनर्वास नगरपालिकाको–५ को रातोखोला तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको मृत्यु भएको छ भने तालमा डुबेर आरती बोगटी वेपत्ता रहेकि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरु तिनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए । बेपत्ता आरती र डम्बरको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा तीन उम्मेदवार निर्विरोध निर्वाचित