पावर टिलर दिने भन्दै किसानलाई ठग्ने तीन सहकारीका अध्यक्ष पक्राउ

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चोधरी पक्राउ परेका हुन् । किसानलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा सहकारीका अध्यक्षले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यस्तो छ घटनाको नालीबेली
कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाँड्ने भन्दै कालीमाई, अखुवा र बाल सशक्तीकरण सहकारी संस्थाले किसानबाट रकम उठाएका थिए । कैलारीका विभिन्न वडाका किसानबाट जनही ६६ हजार २ सय ५० देखि १ लाख २५ हजार रुपैयाँसम्म रकम असुल गरिएको थियो । बालसशक्तीकरण नेपालले मात्रै सय थान पावर टिलर दिने भन्दै किसानबाट पैसा संकलन गरेको छ ।

रसिद तथा बैंक भौचर केही पनि प्रमाण नदिएर सहकारीले रकम असुलेको पीडित किसानले बताएका छन् । सहकारीले विभिन्न एजेन्सीको हावाला दिएर अनुदाना पावर टिलर दिने भन्दै रकम असुलेका हुन् । असार सकिन लाग्दा समेत पावर टिलर उपलब्ध नगराएपछि किसान ठगीको समाचार प्रकासित भएको थियो । ठूलो संख्यामा किसान ठगिएको गुनासो न्यायिक समितिमा सुनुवाइ नभएपछि पीडित किसानले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक अनुसन्धानमा सहकारीका अध्यक्षको कैफियत देखिएपछि थुनामा राखेर अनुसन्धान गर्न तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो । कैलारी गाउँपालिका क्षेत्रमा ठगिएका किसान र रकमका विषयमा पूर्णविवरण प्राप्त भएको छैन । किसानले व्यक्तिको खाता तथा नगद रकम बुझाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तामझामसहित मनोनयन