आलोपालो सरकार !

नेपालमा खोजी राजनीतिक स्थिरताको हो । तर, अस्थिरताको प्रक्रियाले गाँजिरहेको छ, सिंगो मुलुकलाई ! गठबन्धनको सरकार छ । फेरि पनि बन्ने गठबन्धनको सरकार नै हो । जो जहाँ गए पनि उनै मान्छे, उनै नेता, उही पार्टी र उही प्रवृत्ति हो । सरकार परिवर्तनले केके न परिवर्तन ल्याउला भन्नेछैन । फेरि यही सरकारले केके न उत्पात राम्रा काम गरेको छ भन्ने पनि छैन ।

यिनले भ्रष्टाचारका नाममा ल्याएका अख्तियारी फाइल एकले अर्कालाई ठीक गर्नका लागि हो । गल्ती र भ्रष्टाचार सबैका छन् । प्रवृत्ति सच्चिने भएन । अब त यस प्रवृत्तिले आमनिर्वाचन नहुँदासम्म खेलेरै खाने भयो । यही मौकामा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच पहिलो २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र पछिल्लो अवधिमा निर्वाचन गराउनेगरी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको प्रकाशमा आएको छ । यही सहमतिनुसार भागबन्डा र सहकार्यका लागि मार्गप्रशस्त गर्ने काम पनि भइरहेको छ ।

यी दुई पार्टीबीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन यस्तो सहमति भएको जनाइएको छ । मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्नेगरी संविधान संशोधन गर्नसमेत यो गठबन्धनको औचित्य रहेको कुरा खुलासा गरिएको छ । यसका साथै, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्यप्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दोस्रोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति कार्यान्वयन हुँदै छ ।

यो निर्णय र सहमति कांग्रेस र एमाले दुवै दलका संसदीय समितिले समेत अनुमोदन गरिसकेका छन् । यसबीचमा हालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रक्रियामा जाने जिकिर गर्दै आएका छन् । अहिले सरकार नितान्त अल्पमतको र प्रतिपक्ष भारी बहुमतको अनौठो सिलसिला चलिरहेको छ, मात्र केही दिनका लागि भए पनि !

एकातिर सरकार गठनको सहमति र अर्कोतिर सरकार नछाड्ने सहमति दुई भिन्नै गठबन्धनमा देखिइरहेको छ । मुलुकमा स्थिरता र बहुमतको सरकारको खाँचो रहे पनि आलोपालोको सरकार अझै आगामी आमनिर्वाचनसम्म नेपालीले बेहोर्नुपर्ने देखिएको छ ।
(विभिन्न पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू