सपना, सम्भावना र सफलता

मानिसले आफूले चाहेको कुनै कुरा प्राप्त गर्नका लागि उपलब्ध रहेका हरेक सम्भावनाहरूलाई उपयोग गर्ने र त्यी सम्भावनाप्रति सकारात्मक धारणा बनाइराख्ने हो भने सफलता पक्का हात पर्छ । सपना साकार पार्न आउने बाधा अड्चनहरूलाई फुकाउन जति राम्रो तयारी ग¥यो, उति धेरै सफलता प्राप्त गर्ने सम्भावना बढी हुन्छ । जस्तो बिउ रोप्यो, गोडमेल ग¥यो र हुर्कायो, उस्तै बिरुवा हुर्कने र फल दिने हो । अर्थात्, जस्तो मिहिनेत ग¥यो, उस्तै परिणाम आउने हो । सपना निद्रामा देखिने भए पनि यो भविष्यको योजना बुझाउने प्रतिकात्मक शब्द हो । सपना अर्थात् भविष्यका लागि गरिने कल्पना, योजना, बाटो, यात्रा, महत्वाकांक्षा, काम आदि इत्यादि । सफलताको पहिलो खुड्किलो सपना देख्नु हो । जसको कुनै सपना छैन, ऊ यथास्थितिमा बाँच्छ अर्थात् जे छ, त्यसैमा रमाउँछ । अर्को अर्थमा जसको सबै सपना पूरा भएको छ, अथवा सामान्य अर्थमा जसलाई सबै कुराले पुगीसरी आएको छ, उसलाई सपना देख्नु जरुरत नै छैन ।

एउटा बाटोमा बिझ्ने काँडाले अर्को बाटोमा हिँड्न सतर्क गराउँछ

सपना देख्न त सपना देख्ने मानसिकता हुनुपर्छ । त्यस्तो मानसिकता जस्तै कहिले अरूको देखासिकीले वा कहिले कसैको प्रेरणाले मनमा केही गर्ने उत्प्रेरणा वा सोच विचार आउन सक्छ । मनमा विचार आयो भन्दैमा त्यो सपना नै हुन्छ भन्ने छैन । मनको विचार सपना हुनका लागि त्यो सपना पूरा गर्न कुनै योजना हुनुपर्छ । योजनाबिनाको कल्पना सपना हुन सक्दैन । सामान्यतया हामी स्कुल या विश्वविद्यालयमा हुँदा आफ्नो भविष्यका ’boutमा सपना देख्ने गर्छौं । युवा अवस्थामा सपना देखेर आफ्नो भविष्यको बाटो सुनिश्चित गर्छौं हामी । तर पनि सपना देख्न कुनै उमेरले छेक्दैन । सपना पनि उमेरनुसार फरकफरक हुन्छ । उमेर पुगेको पाको मानिसले आफ्नो बाँकी जीवन कसरी शान्त, स्वस्थ, सुखी र खुसी गरी जिउने भन्ने सपना हुन सक्छ । आफ्नो जीवनको आधा उमेर नोकरीमा बिताउनेको कसरी बाँकी जीवन परिवारसँग बिताउने वा कसरी जागिरमा बढुवा हुने ? त्यही सपना हुन सक्छ ।

जसको जस्तो योग्यता, दक्षता, अनुभव, चाहना, आर्थिक वा अन्य क्षमता छ, त्यहीँबाट आफ्नो इच्छा, आकांक्षा, चाहना र सपनाको सुरुवात गर्ने हो । सामान्यतया जसको जस्तो हैसियत छ, त्यस्तै किसिमको भविष्य देख्ने हो । केही अपवादबाहेक आफ्नो हैसियतनुसारको गन्तव्यमा पुग्ने हो । मानिस मोटर चढ्ने क्षमता हुनेले मोटर बाटो जहाँसम्म पुग्छ, त्यहीसम्मको गन्तव्य तय गर्ने हो । सवारीसाधन पनि चढ्ने हैसियत नहुनेले आफ्नो गन्तव्य पैदल बाटोमा सीमित राख्ने हो ।

कतिपय अवस्थामा सामान्य मानिसले पनि असामान्य सपना देखेको र पूरा गरेका उदाहरणहरू पनि छन् । कहिले असामान्य क्षमता, दक्षता र ज्ञान भएका मानिसको सपना पूरा नभएका उदाहरणहरू पनि छन् । जे भए पनि आफूले देखेको सपना पूरा गर्ने योजना बनाउने आफैंले हो । जसले गन्तव्य तय गर्छ, उसैले बाटो हिँड्ने हो । यात्रामा वा बाटोमा आउने समस्याहरूको सामना आफैंले गर्ने हो । बाटोमा कोही सहयोगी चाहिने भए आफैंले खोज्ने हो । बाटोमा कोही सहयोगी भेट भए, त्यो मिठो संयोग हुन्छ वा त्यो भनौं भाग्यको कुरा हो ।

आफ्नो लक्ष्य र उद्देश्य प्राप्त गर्ने यात्रामा धेरै बाधा र अड्चनहरू आउन सक्छन्, तर यीमध्ये आफ्नो सपनाको सबैभन्दा पहिलो बाधक आफैं हो । सपना देख्नु अपराध वा पाप होइन, तर आफ्नो लक्ष्य र उद्देश्य प्राप्त गर्ने क्रममा आफ्नै कारणले असफलता प्राप्त गर्नु भनेको लज्जास्पद हो । यो गैरजिम्मेवारी पनि हो । मानिसले आफ्नो जीवन, आफ्नो सपना, आफ्नो गन्तव्य र आफ्नो यात्राका सबै जिम्मेवारी आफैंले लिनुपर्छ । आफ्नो बाटोमा वा जीवनमा अरू कोही सहयोगी हुन सक्छन्, तर आफ्नो जीवनरूपी रथ आफैंले हाँक्ने हो । आफूले गरेको कामको जस र अपजस आफैंले लिने हो ।

आफ्नो योग्यता, दक्षता, अनुभव, चाहना, आर्थिक वा अन्य क्षमताका आधारमा सपना कार्यान्वयनको सुरुवात गर्नुपर्छ

हरेक यात्रा एउटा पाइलाबाट सुरु हुन्छ र एकमा अर्को पाइला थपिँदै यात्रा पूरा हुन्छ । यात्राका क्रममा गन्तव्यमा पुग्नुअघि कहाँ कसरी विश्राम लिने वा नलिने आफैंले तय गर्ने हो । बाटोमा कति बोझिलो भारी बोक्ने वा हलुका भारी बोक्ने आफ्नै निर्णय हो । जत्रो भारी बोक्यो, उत्तिकै परिणामको सामान गन्तव्यमा पु¥याउने हो । यात्रामा एक्लै हिँड्ने वा अरू कसैको साथ हिँड्ने भन्ने पनि आफ्नै कुरा हो । कस्तो साथी रोज्ने ? त्यो पनि आफ्नै कुरा हो । मिठो बोल्ने साथी भेट्टायो भने बाटो काट्न सजिलो हुन्छ । यदि, बाटोमा कम बोल्ने वा नबोल्ने साथी भए उही बाटो पनि लामो हुन्छ । कुनै पनि सपना पूरा गर्न जति मिहिनेत गर्नुपर्छ, मानिसमा उत्तिकै आत्मविश्वास पनि हुनुपर्छ । अर्थात्, जति दह्रो खुट्टा टेक्यो, उति छिटो र सजिलोसँग गन्तव्यमा पुगिन्छ । आत्मविश्वासले मानिसलाई काममा निरन्तर रूपमा लाग्न प्रेरित गर्छ । आत्मविश्वासले सपनालाई पूरा गर्न सकारात्मक सोच र ऊर्जा दिन्छ । मानिसलाई सही बाटोमा हिँड्न दिशानिर्देश गर्छ ।

यो संसार सम्भावनाको खानी हो । हाम्रो जीवनमा पनि धेरै सम्भावनाहरू छन् । एउटा सपना पूरा नभए आत्तिनुपर्ने कुनै कारण हुँदैन । एउटा बाटोमा बिझ्ने काँडाले अर्को बाटोमा हिँड्न सतर्क गराउँछ । मानिसका सबै सपना, महŒवाकांक्षा र योजनाहरू पूरा हुँदैनन् । हरेक असफलताले पाठ सिकाउँछ । यस अर्थमा कुनै पनि सपना र त्यसका लागि गरिने प्रयास खेर जाँदैन । जसले सपना देख्छ, उसैले मात्रै गन्तव्य तय गर्छ । जसले गन्तव्य तय गर्छ, उसैले यात्रामा पाइला अघि बढाउँछ । जसले आफ्नो पाइला निरन्तर रूपमा अधि बढाउँछ, उही गन्तव्यमा पुग्छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए