इङ्ल्यान्ड यूरो कपको फाइनलमा

लन्डन । नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । ओली वाटकिन्सले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि इङ्ल्यान्डको फाइनल यात्रा सम्भव भएको हो ।

सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए। हाफ भली प्रहार गर्ने क्रममा इङ्ल्यान्डका कप्तान केनलाई डेनजेल डम्फ्रिजले फउल गर्न पुगेका थिए।

जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री (भिएआर) को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त पेनाल्टीलाई केनले सदुपयोग गरेका हुन्। योसँगै डम्फ्रिजले पहेंलो कार्ड पाए।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे