दैलेख । नारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाको संयोजकत्वमा १५सदस्यीय नगर स्तरीय शिक्षा समूह गठन गरेको हो ।
समूहको सदस्यमा नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार आर्चाय, स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्का,सदस्य सचिवमा शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्याय रहेका छन् ।
त्यसैगरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यमा बखतबहादुर बुढा, सम्झना खत्री, सुरेन्द्र शाही, दानबहादुर कठायत, बिष्णु प्रसाद उपाध्याय, खगीकुमारी खड्का रावल ,सुर्य नारायण उपाध्याय ,यामराज बिष्ट,भुपेन्द्र खत्री,जित बहादुर जिसी,लक्ष्मी चलाउनेरहेका छन् ।
यस समूहले विपद जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्यायले बताए ।उनले विद्यालय सुरक्षा कार्यान्वयन,विद्यालयको क्षमता विकास, शिक्षा प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापन, लगायत जोखिम न्यूनीकरण क्षमता विकास शिक्षा सम्बन्धी कार्यहरू गर्ने उद्देश्यले शिक्षा समूह गठन गरिएको जानकारी दिए ।
यस्तै कार्याक्रममा नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले स्थानीय तह शिक्षा समूह गठनका लागि गठन मात्रै नहोस भन्दै विद्यालय तहमा गएर राम्रो काम गर्न आग्रह छन् । उनले शुभकामना दिदै नाराणय नगरपालिकाले शिक्षा क्षेत्रमा थुप्रै लगानी समेत गरेको बताए ।






