कपिलवस्तु । डिभिजन वन कार्यालय कपिलवस्तुले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ । वन क्षेत्रमा चोरीका घटना बढ्न थालेपछी नियन्त्रण गर्न अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करको निगरानी राखिने भएको हो ।
डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करीलगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी राख्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए।
“समृद्धिका लागि वन” सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धि गोरुसिगेंमा आयोजित समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वन संवर्द्धन प्रणालीले वन व्यवस्थापनमा विज्ञान तथा प्रविधिको प्रयोग गरिएको बताए।
अग्नि रेखा निर्माण देखी पानीको स्रोत व्यवस्थापन र खहरे खोला व्यवस्थापनमा गरिएका नमुना अभ्यासले वनको दिगो व्यवस्थापनमा जोड दिएको सुवेदीको भनाइ रहेको थियो । अन्तरक्रियामा २० वन समूहलाई सहभागिता रहेको वरिष्ठ वन अधिकृत खिल बहादुर तामाङले बताए।






