दैलेख । मंगलबारदेखि लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्ला शुभकालिका गाउँपालिका १ सडकखण्डको गोगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्गमा पहिरो जाँदा राजमार्गमा चल्ने सवारी साधन विछ बाटोमा अलपत्र परेका छन । ट्रक, बसलगायत साना सवारी साधनबीच बाटो रोकिएको कालिकोट प्रहरीले जनाएको छ ।
अवरुद्द राजमार्ग खुलाउन बुधबार बिहान ६ बजेदेखि कालिकोट्बाट स्काभेटर सहित प्रहरिको टोलि खटिएको कालिकोटका ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महतराले टेलिफोनबाट जानकारी दिए । उनले भने, गोगने खोलाको माथिबाट पहिरो आउदा सडक अवरुद्द भएको बिच बाटोमा ४/५ वटा ट्र्कमा छन ।
कालिकोट्बाट सुर्खेत जाने यातायात साधनलाई हामिले कालिकोट्को हुल्मबजारमा रोकेका छौ भने दैलेख प्रहरीले राकम कर्णालिमै यातायातका साधन रोकेका यात्रीलाई त्यति सास्ती छैन । अवरुद्द राजमार्ग खुलाउन टोलि त्यहाँ पुगि सकेको अबको केही घण्टा अबरुद्ध राजमार्ग खुलाई यातायातका साधनलाई गन्तव्य स्थानमा लाग्ने छन महतराले भने ।






