इत्राम खोलाले स्कुल बस बगाउँदा ११ विद्यार्थी घाईते

दैलेख । डिभि निकेतन विद्यालयको वीरेन्द्रनगरको इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् । घाइते हुनेमा ५ छात्रा र ६ जना छात्र हुन । ती मध्ये पाँच कक्षामा अध्ययनरत रेनिषा भुसेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। बाँकी घाईते विद्यार्थीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु