दैलेखमा विश्व स्तनपान सप्ताह मनाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा विश्व स्तनपान सप्ताह मनाइएको हो ।
स्तनपानको महत्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव’bout जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख रामप्रसाद महत्तोले जानकारी दिए । उनले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र विकासका लागि स्तनपानको महत्वपूर्ण भूमिका रहने बताए । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न समेत स्तनपानले सहयोग पुग्ने कार्यालय प्रमुख महत्तोको भनाइ छ ।
उनले स्तनपानले बच्चाहरूको शारीरिक तथा मानसिक विकासमा पु¥याउने फाइदाहरुका ’boutमा प्रकाश पारेका थिए । स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप रहेको र शिशु जन्मेको १ घण्टा भित्रदेखि ६ महिनासम्म स्तनपान मात्रै गर्नु राम्रो हुने भएकाले यसलाई जनचेतनामूलक तरिकाले प्रचार प्रसार गरिएको बताइएको छ ।
स्तनपान गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो मानिन्छ । स्तनपानले बालबालिकामा लाग्ने रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ । स्तनपानले आमालाई गर्भ निरोधकको रुपमा समेत काम गर्छ ।
कार्यक्रममा सहभागी आमाहरुले स्तनपान’bout आफ्नो अनुभवहरू सुनाएका थिए भने स्तनपानका चुनौतीहरू’bout छलफल गरिएको थियो ।
हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो ।